प्रचण्ड र देउवालाई काले भन्दै वैद्यले भने काले काले मिलेर अब खाउ भाले



हाम्रो इकोनोमि

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेससँग एकता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाब दिएका छन्।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यलेभने, ‘कांग्रेस र माओवादी केन्द्रको कुरा मिल्छ एकता गर्दा हुन्छ।’ उनले माओवादी केन्द्रसँग आफ्नो पार्टीको कुनै हालतमा पनि एकता हुन नसक्ने भन्दै विप्लव माओवादी र मोहनविक्रम सिंहको मशालसँग भने एकता हुने सक्ने बताए। ‘सच्चा क्रान्तिकारीहरु बीच एकता र धु्रवीकरण हुन्छ। त्यसैले उहाँहरुसँग छलफल चलिरहेको छ’, उनले भने।

अध्यक्ष वैद्यले प्रचण्ड कम्युनिष्ट भएको नाटक गरेको आरोप लगाउँदै भने ‘प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन्।’

मुलुकमा सत्ता सञ्चालकहरु फेरिए पनि राज्यसत्ता परिवर्तन नभएको भन्दै उनले नयाँ जनवादी क्रान्तिका लागि पार्टीले तयारी थालेको बताए। आफ्नो पार्टी मुलुककै वैकल्पिक शक्तिका रुपमा उदयमान हुंने दावी गदै वैद्यले जनताको राज्यसत्ता कायम गरेरै छाड्ने दाबी गर । अहिलेको अवस्थामा चुनाव वहिस्कार गरेर जान नसकिने भन्दै उनले पार्टीको राष्ट्रिय सम्मेलनले त्यसको छिनोफानो गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...