मधेशमै लखेटियो राजपा,भोट नहाल्न उर्दी जारी गर्दै राजपालाई सोत्तर पार्ने यस्तो छ चलखेल



हाम्रो इकोनोमि

शुक्रबार धनुषाको जनकपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनता पार्टी नेपालको जनकपुर उपमहानगरस्थित ४ नम्बर वडाको सम्पर्क कार्यालयमा तोडफोड गरे । कांग्रेसको हमलाबाट राजपाका तीन कार्यकता घाइते भए, सम्पर्क कार्यालयका कुर्सी टेबलमा क्षति भयो ।

एक समय यस्तो थियो की कांग्रेस, एमाले र माओवादीमाथि राजपाले आक्रमण गर्थे । त्यो समय थियो मधेस आन्दोलनको । मधेसवादी दलका नेता कार्यकर्ताले प्रमुख दललाई निशाना बनाउथे । तर, शुक्रबार उनीहरु आफै निशानामा परे । यसले के देखाउँछ भने राजपा देश विखण्डन गर्ने राजनीतिलाई जनताले बुझिसकेका छन् र अब प्रतिकारमा समेत उत्रिन थालेका छन् ।

संविधान घोषणा भएसँगै आन्दोलनका नाममा देशलाई बन्धक बनाउने काम राजपाले गर्यो । एक मधेस एक प्रदेशको नारा दिएर विखण्डनको राजनीति पनि यसैले गर्यो । संविधान संशोधनको रटान लगाएर देशलाई विकास हुन नदिने काम पनि राजपाबाटै भयो । यस्ता कयन क्रियाकपाल राजपाबाट भएका छन् जसले देशलाई ठूलो नोक्सानी पुगेको छ । त्यसमा पनि अघोषित नाकाबन्दी यिनीहरुकै अगुवाईमा भएको थियो । विदेशी शक्तिको वफादारका रुपमा प्रस्तुत हुने पनि यिनै हुन् । मधेसीको नाममा राजनीति गरेर काठमाडौंमा महल ठड्याउने र मधेसी जनताका लागि सिन्को नभाच्ने पनि यिनै हुन् । र, अहिले पनि विदेशी दूतावासमा गएर उसले अहराएको काम गर्ने क्रम राजपा चलिनैरहेको छ ।

त्यसकारण राजपा, मधेसघाति र राष्ट्रघाति पार्टी हो भन्दा फरक नपर्ला । अब राजपाबाट मधेसी जनताले अधिकार र विकास आश नगरे हुन्छ । आन्दोलनका नाममा देशलाई बन्धक बनाउने, मधेसमा निषेधको राजनीति गर्ने, देश विखण्डनको राजनीति गर्ने राजपालाई अब मधेसी जनताले निषेध गर्नुपर्छ । यसका लागि असोज २ गतेको चुनाव सहि मौका हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...