मधेशमै लखेटियो राजपा,भोट नहाल्न उर्दी जारी गर्दै राजपालाई सोत्तर पार्ने यस्तो छ चलखेल



हाम्रो इकोनोमि

शुक्रबार धनुषाको जनकपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनता पार्टी नेपालको जनकपुर उपमहानगरस्थित ४ नम्बर वडाको सम्पर्क कार्यालयमा तोडफोड गरे । कांग्रेसको हमलाबाट राजपाका तीन कार्यकता घाइते भए, सम्पर्क कार्यालयका कुर्सी टेबलमा क्षति भयो ।

एक समय यस्तो थियो की कांग्रेस, एमाले र माओवादीमाथि राजपाले आक्रमण गर्थे । त्यो समय थियो मधेस आन्दोलनको । मधेसवादी दलका नेता कार्यकर्ताले प्रमुख दललाई निशाना बनाउथे । तर, शुक्रबार उनीहरु आफै निशानामा परे । यसले के देखाउँछ भने राजपा देश विखण्डन गर्ने राजनीतिलाई जनताले बुझिसकेका छन् र अब प्रतिकारमा समेत उत्रिन थालेका छन् ।

संविधान घोषणा भएसँगै आन्दोलनका नाममा देशलाई बन्धक बनाउने काम राजपाले गर्यो । एक मधेस एक प्रदेशको नारा दिएर विखण्डनको राजनीति पनि यसैले गर्यो । संविधान संशोधनको रटान लगाएर देशलाई विकास हुन नदिने काम पनि राजपाबाटै भयो । यस्ता कयन क्रियाकपाल राजपाबाट भएका छन् जसले देशलाई ठूलो नोक्सानी पुगेको छ । त्यसमा पनि अघोषित नाकाबन्दी यिनीहरुकै अगुवाईमा भएको थियो । विदेशी शक्तिको वफादारका रुपमा प्रस्तुत हुने पनि यिनै हुन् । मधेसीको नाममा राजनीति गरेर काठमाडौंमा महल ठड्याउने र मधेसी जनताका लागि सिन्को नभाच्ने पनि यिनै हुन् । र, अहिले पनि विदेशी दूतावासमा गएर उसले अहराएको काम गर्ने क्रम राजपा चलिनैरहेको छ ।

त्यसकारण राजपा, मधेसघाति र राष्ट्रघाति पार्टी हो भन्दा फरक नपर्ला । अब राजपाबाट मधेसी जनताले अधिकार र विकास आश नगरे हुन्छ । आन्दोलनका नाममा देशलाई बन्धक बनाउने, मधेसमा निषेधको राजनीति गर्ने, देश विखण्डनको राजनीति गर्ने राजपालाई अब मधेसी जनताले निषेध गर्नुपर्छ । यसका लागि असोज २ गतेको चुनाव सहि मौका हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...