आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो ः नेता केसी



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले हिमाल, पहाड र तराईलाई संयोजन गरी सबैलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संविधान गतिशील दस्तावेज रहेकाले समयानुकूल संविधानको संशोधन भइरहने स्पष्ट पार्दै उहाँले नेपाली काँग्रेस मधेशको आधुनिकीकरण र विकासका लागि निरन्तररुपमा संघर्ष गर्दै आइरहेको जानकारी गराउनुभयो ।

सरकारको सय दिन पूरा भएको सन्दर्भमा उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको, तेस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराएको भन्दै समष्टिगतरुपमा सय दिनको कार्यकाललाई सफल ठान्नुपर्छ ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले संविधानलाई कार्यान्वयन गर्नुपर्ने र सबैलाई समेटेर लैजानुपर्ने भएकाले बाध्यात्मक परिस्थितिमा सरकार विस्तार भएको स्पष्ट पार्नुभयो ।

उक्त कार्यक्रम नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...