राजीनामा स्वीकृत भए पछी सिलवाल यसरी एमालेमा प्रवेश गर्दैछन्,ओलीको यस्तो छ दाउ



हाम्रो इकोनोमि

सर्वोच्च अदालतको फैसलापछि डिआईजी पदबाट राजिनामा दिएको घोषणा गरेको नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । सिलवाल निकट स्रोतले दिएको जानकारीअनुसार सिलवालले प्रहरी मुख्यालयमा बुझाएको राजिनामा स्विकृत भएलगत्तै उनि एमाले प्रवेश गर्ने तयारीमा छन् ।

सिलवाल राजिनामा स्विकृत भएलगत्तै औपचारीक रुपमा एमाले प्रवेश गर्ने र एमालेबाटै सक्रिय राजनीति गर्ने तयारीमा छन् । सिलवाललाई एमाले अध्यक्ष ओलीले ललितपुरबाट संसदको चुनावमा टिकट दिने बचन दिएका छन् । डिआईजी सिलवाल ललितपुरको गोदावरीका स्थानिय बासिन्दा हुन ।
राजिनामा दिनुअघि पनि सिलवालले ओलीसंग सल्लाह गरेका थिए । सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि सिलवाल एमाले निकट भएको आरोप लगाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग निकट सम्बन्ध भएका सिलवालले उनकै सल्लाहमा सर्वोच्चको फैसलापछि राजिनामा बुझाएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुदा वरियतामा अघि हुदा हुदै पनि सिलवालको ठाउमा तत्कालिन सरकारले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

कांग्रेस सभापति समेत रहेका हालका प्रधानमन्त्री शेरबहादुर देउवाले चन्दलाई आईजिपी नियुक्त नगरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रचण्डले चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका थिए ।
प्रचण्डले सिलवाललाई नियुक्त गर्न चाहेपनि देउवाले चन्दलाई बनाउन दबाव दिएपछि उनले चन्दलाई नै आईजिपी नियुक्त गरेका थिए । सरकारी निर्णयको विरुद्धमा अदालत पुगेका सिलवाललाई तत्कालिन प्रधानन्यायाधीश शुसिल कार्कीको एकल इजलाशले चन्दको नियुक्ती बदर गरेको थियो । उनीमाथी प्रधानन्यायाधीशको आडमा अदालतलाई प्रयोग गरेको आरोप समेत छ ।

चन्दको नियुक्ती बदर भएपछि पनि प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले दोस्रो वरियतामा रहेका डिआईजी प्रकाश अर्याललाई आईजिपी नियुक्त गरेपछि सिलवाल प्रचण्डसंग आगो छन् । उनले माओवादी अध्यक्ष प्रचण्डले अरुसंग निकटता नदेखाउन भनेको र अन्तिममा आफुलाई प्रचण्डले धोका दिएको आरोप आफु निकटस्थहरुसंग लगाउने गरेका छन् ।
सिलवाललाई एमाले अध्यक्षले उचालेको र आफ्नो नेतृत्वको सरकारको विरुद्धमा लागेको भन्दै प्रचण्डले उनलाई आईजिपी नबनाउने अडान लिएका थिए । माओवादीभित्र सिलवाललाई आईजिपी बनाउनुपर्ने दबाव हुदा हुदै पनि प्रचण्डले अन्तिममा अर्याललाई नै आईजिपी बनाउने निर्णय गरेका थिए ।
सुरुमा माओवादी अध्यक्ष प्रचण्ड पनि सिलवालकै पक्षमा थिए । दोस्रो पटक सिलवाल अदालत गएपछि भने प्रचण्ड आईजिपी अर्याललाई नै बनाउने निर्णयमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...