देउवा सरकारको १०० दिन: देउवा सहभागी चुनावी सभामा भारतीय मोटर छ्यापछ्याप्ती !



शेरबहादुर देउवा नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गरिएको छ । तर स्वयम् देउवा भने २ नम्बर प्रदेशमा भारतीय गाडीमा चुनाब प्रचारमा होमिएका छन। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्लाहीको मलंगवामा आयोजना भएको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । चुनावी सभालाई सम्बोधन गर्न उनीहरु सर्लाही पुगेका छन् । प्रधानमन्त्री सहभागी चुनावी सभाका अधिकांश सवारी साधन भारतीय नम्बर प्लेटका रहेका छन् ।

उनीहरुसँगै नेपाली कांग्रेसका झण्डै एक दर्जन केन्द्रीय सदस्यले समेत सर्लाहीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अब केही बेरमा नेपाली कांग्रेसको चुनावी सभालाई बरिष्ठ नेताहरुले सम्बोधन गर्नेछन् । उनीहरुसँग नेविसंघ र तरुण दलका केन्द्रीय नेताहरुपनि सर्लाही पुगेका छन् ।

यता सरकारको १०० दिन पूरा भएको अवसरमा बिहीबार सरकारले गरेका कामको प्रगति विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले छोटो समयमा सरकारले महत्वपूर्ण उपलव्धि हाँसिल गर्न सफल भएको दावी गरे ।

उनले सरकारले सय दिनसम्म गरेका कामको प्रगतिविवरण सार्वजनिक गर्दै सरकारले संक्रमणकालिन अवस्थाको व्यवस्थापन गर्न सफल भएको, सवै तहका निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्ने दिशामा अघि बढेको, भूकम्पपछिको पुननिर्माणले तिव्रता लिएको, मधेसवादी राजनीतिक दलहरुलाई स्थानीय निर्वाचनमा सहभागि हुने बतावरण मिलाएको लगायतका काम गर्न सफल भएको दावी गरे ।

उनले संविधान कार्यन्वयन, सुशासन, शान्ति स्थापना लगायतका काममा सरकारले महत्वपूर्ण उपलव्धि हासिल गरेको पनि बताए ।

सरकारको १०० दिनको उपलब्धिका मुख्यमुख्य बुँदाः
–असार १४ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको ।
–संविधान संशोधनका लागि संसदमा पेश गरेको ।
–निर्वाचन क्षेत्र निर्धारण गरेको ।
–निर्वाचन कानुन बनाएको ।
–प्रदेश सभा र केन्द्रीय प्रतिनिधि सभाको चुनावको मिति तोकेको ।
– भुकम्प पीडितहरुलाई आवास निर्माणमा अनुदान रकम वितरण गरेको ।
–बाढी तथा डुवान पीडितको राहात तथा उदारमा सक्रियता रुपमा काम गरिरहेको ।

पत्रकार सम्मेलनमा सदाचार नीति ल्याउन मस्यौदा बनाउन कानुन मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री बस्नेतले बताए ।
निर्वाचन आचारसंहिता उल्लंघनमा सरकार नै अग्रसर रहेको भन्ने पत्रकारको जिज्ञासामा उनले सरकारले आयोगको सहमतिमै काम गरेको दावी गरे ।
मन्त्री बस्नेतले काठमाडौका सडकको सुधार गर्न प्रधानमन्त्रीले दिएको निर्देशनअनुसार सुधार भइरहको जवाफ दिए ।
उनले भुकम्प प्रभावित जिल्लामा जनताको आकांक्षाअनुसार काम गर्न नसकेपनि धेरै कामहरु गरेको दावी गरे ।
उनले पीडितहरुलाई राहात तथा पुननिर्माणको कामलाई तिव्रता दिइरहेको बताए ।
उनले सरकारको सवैभन्दा महत्वपुर्ण काम नै राजपा लगायतका दलहरुलाई निर्वाचनमा ल्याउनु रहेको दावी गरे ।
भ्रष्टचार बढेको स्वीकार्दै त्यसवारे छानवीन हुने मन्त्री बस्नेतले बताए ।

आयल निगमको जग्गा खरिद प्रकरणबारे छानविन भइरहेको दाबी
पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारको पहिलो प्राथमिककता संविधान कार्यन्वयन गर्ने भएकाले सरकारले त्यसमा उपलव्धि हासिल गरेको बताए ।
सरकारका सय दिने उपलव्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले सरकराले मुख्यत तीनवटा विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
उनले स्थानीय र प्रदेश तथा केन्द्रीय निर्वाचन गर्नु र मिति तोक्नु नै सरकारको पहिलो प्राथमिकता भएकाले त्यो अनुसार काम गर्न सफल भएको बताए ।
महराले तोकिएकै समयमा निर्वाचन हने भन्दै दोस्रो प्राथमिकता सरकारले पुनर्निमार्णलाई बनाएको बताए ।
पुननिर्माणमा सोचेजति गर्न नसकेपनि प्रभावकारी ढंगले काम भइरहेको बताए । अर्का उपप्रधान तथा शिक्ष मन्त्री गोपालमान श्रेष्ठले नेपाल आयलनिगमको जग्गा खरिद प्रकरणमा छानवीन भइरहेको भन्दै दोषी पाइए कारवाही गरेरै छोड्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग