उम्मेदवारलाई कुटपिट गरेकोमा एमालेको विरोध



हाम्रो इकोनोमि

नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति जनाएको छ ।
कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले पक्राउ गरेको भए पनि छाड्नका निम्ति दबाब दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारवाहीको माग गरेको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिशसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ ।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ । यसैबीच सप्तकोशी नगरपालिकामा नेकपा९माओवादी केन्द्र०का तर्फबाट उपप्रमुख पदका आकांक्षी रहनुभएका वडा नं २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी आज एमालेमा प्रवेश गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...