मधेशीको माग पूरा गरिने



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले मधेशीको माग पूरा गराएर छाड्ने बताउनुभएको छ ।

गौशाला नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै डा कोइरालाले काँग्रेसले विगतमा पनि मधेशको हकहितका लागि सोच्दै आएको र आगामी दिनमा पनि संविधान संशोधनमार्फत मधेशीको अधिकार दिलाइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले किसान, विद्यार्थी र कर्मचारीको हकहितका साथै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिँचाइलगायत विकास निर्माणमा काँग्रेस अडिग रहने छ भन्नुभयो । केन्द्रीय सदस्य राजन पन्तले मुलुकलाई नयाँ आर्थिक क्षेत्रका रुपमा रुपान्तरित गर्नका लागि काँग्रेस नै आवश्यक रहेको धारणा राख्नुभयो ।

क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीले काँँग्रेसको पहलमै रुष्ट मधेशी दललाई निर्वाचनमा ल्याउन सफल भएको जिकिर गर्नुभयो । पूर्वसांसद वसन्त गुरुङले काँग्रेसको जीतबाट जनताका घरघरमा विकास आउने बताउनुभयो । गौशाला नगरपालिकाका प्रमुखका उम्मेदवार मनु अधिकारीले इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...