मधेशीको माग पूरा गरिने



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले मधेशीको माग पूरा गराएर छाड्ने बताउनुभएको छ ।

गौशाला नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै डा कोइरालाले काँग्रेसले विगतमा पनि मधेशको हकहितका लागि सोच्दै आएको र आगामी दिनमा पनि संविधान संशोधनमार्फत मधेशीको अधिकार दिलाइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले किसान, विद्यार्थी र कर्मचारीको हकहितका साथै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिँचाइलगायत विकास निर्माणमा काँग्रेस अडिग रहने छ भन्नुभयो । केन्द्रीय सदस्य राजन पन्तले मुलुकलाई नयाँ आर्थिक क्षेत्रका रुपमा रुपान्तरित गर्नका लागि काँग्रेस नै आवश्यक रहेको धारणा राख्नुभयो ।

क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीले काँँग्रेसको पहलमै रुष्ट मधेशी दललाई निर्वाचनमा ल्याउन सफल भएको जिकिर गर्नुभयो । पूर्वसांसद वसन्त गुरुङले काँग्रेसको जीतबाट जनताका घरघरमा विकास आउने बताउनुभयो । गौशाला नगरपालिकाका प्रमुखका उम्मेदवार मनु अधिकारीले इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...