विद्यार्थीलाई पोशाक वितरण



हाम्रो इकोनोमि

त्रिपन्नौँ बालदिवसको अवसर पारेर पाँचथरको फिदिम नगरपालिका वडा नं ४ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आज पोशाक वितरण गरिएको छ ।

विद्यालयका ४३ जना छात्रछात्रालाई पोशाक वितरण गरिएको फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

‘बालमैत्री शासन, बालबालिकाको सम्मान’ भन्ने नाराका साथ मनाइएको उक्त दिवसमा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले आजका बालबालिका भोलि कर्णधार भएको हुँदा उनीहरुलाई प्रतिभा सिर्जना गर्ने वातावरण बनाइदिन अभिभावक, शिक्षक, र विद्यालय परिवारलाई आग्रह गर्नुभयो ।

बालदिवसकै अवसर पारेर फिदिम–४ स्थित गढी माविमा पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...