विद्यार्थीलाई पोशाक वितरण



हाम्रो इकोनोमि

त्रिपन्नौँ बालदिवसको अवसर पारेर पाँचथरको फिदिम नगरपालिका वडा नं ४ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आज पोशाक वितरण गरिएको छ ।

विद्यालयका ४३ जना छात्रछात्रालाई पोशाक वितरण गरिएको फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

‘बालमैत्री शासन, बालबालिकाको सम्मान’ भन्ने नाराका साथ मनाइएको उक्त दिवसमा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले आजका बालबालिका भोलि कर्णधार भएको हुँदा उनीहरुलाई प्रतिभा सिर्जना गर्ने वातावरण बनाइदिन अभिभावक, शिक्षक, र विद्यालय परिवारलाई आग्रह गर्नुभयो ।

बालदिवसकै अवसर पारेर फिदिम–४ स्थित गढी माविमा पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...