माफियाको कब्जामा एनसीसी बैक,यसरी प्रबाह गरिन्छ खराब कर्जा



हाम्रो इकोनोमि

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको खराव कर्जाकाकारण बित्तीयरुपमा थला परेको नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) मा फेरि पनि गैरकानुनी कार्य भएको देखिएको छ । बैंकले राष्ट्र बैंकले नीति बिपरत व्यक्तिगत सम्वन्ध कै आधारमा एक व्यक्तिलाई छ करोड रुपैयाँ कर्जा दिएको छ ।

उक्त कर्जाको कागजी प्रकृया पुरा नभएको अवस्थामा पनि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल, बन्दना पाठक समेतको व्यक्तिगत स्वार्थकाकारण छ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकको नियम अनुसार एक करोड रुपैयाँ भन्दा बढी कर्जा प्रयोगको लागि अनिवार्यरुपमा स्थायी लेखा नम्वर अर्थात (प्यान) लिएको हुुुनुु पर्छ ।

तर बैंकले स्थायी लेखा नम्वर नै नलिएका सुवास राज काफ्लेको लागि छ करोड रुपैयाँको लागि बैंक ग्यारेन्दी दिएको थियो । काफ्लेले कृषि बिकास बैंकले आफ्नो गैर—बैकिङ सम्पतीकोरुपमा झापाको धुलाबारीमा रहेको ८० रोपनी जग्गा लिलामको लागि टेण्डर आव्हान गरेको थियो ।

उक्त टेण्डरमा बढी रकम बोलकवोल गर्दे काफ्लेले टेण्डर हालेका थिए । सोही जग्गााको टेण्डर प्रकृयामा काफ्लेले एनसीसी बैंकसंग छ करोड रुपैयाँको बैंक ग्यारेन्टी लिएका थिए ।

राष्ट्र बैंकको नियम अनुसार एक करोड रुपैयाँ भन्दा बढीको ऋणको लागि प्यान नम्वर अनिवार्य भएपनि काफ्ले र बैकका उच्च अधिकारी मिलेमतोमा प्यान नम्वर बिना नै छ करोड रुपैयाँको बैक ग्यारेन्टी स्वीकृत भएको थियो । उक्त बिषयमा राष्ट्र बैंकको बाँणिज्य बैक सुपरीवेक्षण बिभागले पनि आफ्नै तरिकाले अनुसन्धान गरिरहेको श्रोतले बताएको अभियानले उल्लेख गरेको छ ।

व्यवस्थापकीय कमजोरी कै कारण अहिले एनसीसी बैंकमा खराव कर्जा निकै बढेको छ । आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासिक अवधिसम्ममा ८२ करोड १२ लाख ८३ हजार रुपैयाँ प्रोभिजन गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात चार दसमलव ८० प्रतिसत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकमा शुन्य दसमलव ९१ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...