सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता



हाम्रो इकोनोमि

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८।३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३।४ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि सन्दिप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहे ।

बलिङतर्फ सिंगापुरका अभि दीक्षितले दुई र अंश भार्गभले एक विकेट लिए ।

सिंगापुरका लागि सिद्धान्तले २० तथा रोहन रंगराजनले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै चार मेडन राखेर मात्र १२ रन दिए । किशोर महतोले दुई तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...