‘जितिया पर्व’ मा सार्वजनिक बिदाको माग



विभिन्न जिल्लामा स्थायी बसोबास भई काम विशेषले काठमाडौँमा बस्दै आएका थारु समुदायले एक आपसमा सद्भाव साटासाट गर्दै ‘जितिया पर्व’ सम्पन्न गरेका छन् ।

थारु महिला समाजले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा थारु महिलाले आ–आफ्नो वेशभूषामा पौराणिक गीत गाएर दुःख, विरहका भावना अभिव्यक्त गरेका थिए ।

बिहानै स्नान गरी पवित्र भई व्रत बसेर पारिवारिक सुख, शान्ति तथा समृद्धिका लागि सो समुदायले यस किसिमको सांस्कृतिक पर्व मनाउने प्रचलन छ ।

श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरीले आदिम कालदेखि नेपालमा बसोबास गर्ने थारु समुदायका विभिन्न पर्व तथा संस्कृतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रुक्मिणि चौधरीले थारु समुदायले राष्ट्रिय चाडका रुपमा ‘जितिया पर्व’ लाई मान्ने गरेको बताउँदै परापूर्व कालदेखि नै यस पर्वको महत्व रहँदै आएकाले यसलाई समाजमा व्यापकता बढाउन सार्वजनिक बिदाको माग गर्नुभयो ।

समाजका अध्यक्ष गीता चौधरीले विवाहित थारु महिलाले आफ्नो घर परिवारको उन्नतिका लागि ‘जीतमान बाबा’को पूजा गर्दै सांस्कृतिक नाचगान गरी सो पर्व मनाउँदै आएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
भुटानी शरणार्थी र गिरीबन्धु भनेर कराउने दिन नआओस् : ज्ञानेन्द्र शाही

    राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा हुनेहरूलाई धमाधम भ्रष्टाचारको फाइल खोल्न आग्रह

ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा उद्योग व्यवसायीलाई किन शुल्क नतिराएको : पदम गिरी

    नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौताको विषयमा

बागमतीकाे मुख्यमन्त्रीमा बहादुर सिहं लामाकाे दाबी

    बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिं लामाले दाबी पेश गरेका

बाग्मतीमा एमालेका ६ मन्त्रीको नाम फाइनल

    बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुङ्गो लागेको छ