‘जितिया पर्व’ मा सार्वजनिक बिदाको माग



हाम्रो इकोनोमि

विभिन्न जिल्लामा स्थायी बसोबास भई काम विशेषले काठमाडौँमा बस्दै आएका थारु समुदायले एक आपसमा सद्भाव साटासाट गर्दै ‘जितिया पर्व’ सम्पन्न गरेका छन् ।

थारु महिला समाजले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा थारु महिलाले आ–आफ्नो वेशभूषामा पौराणिक गीत गाएर दुःख, विरहका भावना अभिव्यक्त गरेका थिए ।

बिहानै स्नान गरी पवित्र भई व्रत बसेर पारिवारिक सुख, शान्ति तथा समृद्धिका लागि सो समुदायले यस किसिमको सांस्कृतिक पर्व मनाउने प्रचलन छ ।

श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरीले आदिम कालदेखि नेपालमा बसोबास गर्ने थारु समुदायका विभिन्न पर्व तथा संस्कृतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रुक्मिणि चौधरीले थारु समुदायले राष्ट्रिय चाडका रुपमा ‘जितिया पर्व’ लाई मान्ने गरेको बताउँदै परापूर्व कालदेखि नै यस पर्वको महत्व रहँदै आएकाले यसलाई समाजमा व्यापकता बढाउन सार्वजनिक बिदाको माग गर्नुभयो ।

समाजका अध्यक्ष गीता चौधरीले विवाहित थारु महिलाले आफ्नो घर परिवारको उन्नतिका लागि ‘जीतमान बाबा’को पूजा गर्दै सांस्कृतिक नाचगान गरी सो पर्व मनाउँदै आएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...