फेटा बाध्दा माधब नेपाललाई आपत पार्ने अयोधीले विमलेन्द्रलाई गम्छा किन लगाएको भन्दै सोधे २४ घण्टे प्रस्टीकरण !



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
भाद्र २५ गते धनुषामा नेपाली काँग्रेसले आयाजना गरेको चुनावी कार्यक्रममा निधिले काँग्रेस अंकित निर्वाचन चिन्ह्र गम्छा लगाई सहभागी भएकोमा निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।जनकपुरमै एमाले नेता माधब कुमार नेपाललाई सुर्य अंकित फेटा बाँधेको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको थियो।

 

आयोगले निर्वाचन आचारसंहित विपरित काम भएकोले किन कारबाही गर्न नपर्ने हो भनि २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
यता आयोगले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै नेपाली कांग्रेसका सिरहा जिल्ला सभापतीलाई पनि स्पष्टिकरण सोधेको छ ।
आयोगले सिरहाकाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित नेपाली काँग्रेसको चुनावी सभामा पार्टी सभापती शेरबहादुर देउवालाई स्वागत गर्ने क्रममा बालबालिकाको प्रयोग गरिएको भन्दै सिरहा सभापतिलाई किन कारबाही गर्न नपर्ने हो भनि आयोगले २४ घण्टे स्पष्टिकरणसोधेको हो ।

यता, निर्वाचन आयोगले आचारसंहिता लागु भएपश्यात झण्डै चारसय आचारसंहिता उल्लंघनका घटना घटेको जनाउँदै आचारसंहितालाई कडाइका साथ लागू गर्न विशेष जोड दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...