ट्रक र कार ठोक्किदा ९ जनाको मृत्यु



हाम्रो इकोनोमि

भारतको दक्षिणपश्चिमी कर्नाटक राज्यमा कार र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

कर्नाटकको राजधानीदेखि ४५२ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने उत्तराखण्डमा बुधबार दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“आज ट्रक र कार एक आपसमा ठोक्किए, नौ जनाको मृत्यु भयो,” एक जना प्रहरी अधिकृतले भने, “मृत्यु भएका मध्ये तीन जना बालबालिका र तीन जना महिला रहेका छन् ।”

यसै महिना सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार भारतमा सडक दुर्घटनामा परी गत वर्ष औसतमा दैनिक ४०० जनाको मृत्यु भएको छ ।

भारतमा सडक दुर्घटना अत्यधिक हुने गरेको छ । सवारी साधनले धेरै यात्रु बोक्ने, सडकको खराब अवस्था, चालकको लापर्बाहीलगायतका कारणले दुर्घटना हुने गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...