ट्रक र कार ठोक्किदा ९ जनाको मृत्यु



हाम्रो इकोनोमि

भारतको दक्षिणपश्चिमी कर्नाटक राज्यमा कार र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

कर्नाटकको राजधानीदेखि ४५२ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने उत्तराखण्डमा बुधबार दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“आज ट्रक र कार एक आपसमा ठोक्किए, नौ जनाको मृत्यु भयो,” एक जना प्रहरी अधिकृतले भने, “मृत्यु भएका मध्ये तीन जना बालबालिका र तीन जना महिला रहेका छन् ।”

यसै महिना सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार भारतमा सडक दुर्घटनामा परी गत वर्ष औसतमा दैनिक ४०० जनाको मृत्यु भएको छ ।

भारतमा सडक दुर्घटना अत्यधिक हुने गरेको छ । सवारी साधनले धेरै यात्रु बोक्ने, सडकको खराब अवस्था, चालकको लापर्बाहीलगायतका कारणले दुर्घटना हुने गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...