गगनले धोती र टोपीको कुरा गर्दै देउवा किन यसरी सुरिएर यस्ता कुरा गरे



हाम्रो इकोनोमि

स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्ने दाबी गर्नुभयो ।

तराईमा हुने बाढी समस्या समाधानका लागि भारत सरकार प्रतिबद्ध रहेको उहाँले खुलासा गर्नुभयो । हुलाकी राजमार्गले तराईलाई समृद्ध बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो ।

भारत र नेपालको सम्बन्ध बलियो रहेको उहाँले स्पष्ट पार्नुभयो । सुनकोशी बाँध बाँधेर कमलामा पानी झारेपछि बिजुली र पानीको समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले एमालेको राष्ट्रवादले देश खतरामा फसेको आरोप लगाउनुभयो । मिलेर बसेको नेपालीलाई फुटाउने काम एमालेले गरिरहेको आरोप समेत उहाँले लगाउनुभयो ।

काँग्रेसका महामन्त्री शशांक कोइरालाले मधेशका मधेशीलाई अधिकारसम्पन्न बनाउनु र समृद्ध राष्ट्र निर्माण गर्नु काँग्रेसको प्रमुख दुई एजेण्डा रहेको बताउनुभयो । संविधान संशोधन गरेर मधेशको माग पूरागर्ने उहाँले जिकिर गर्नुभयो ।
त्यस्तै, काँग्रेस नेता विमलेन्द्र निधिले एमालेले संविधान संशोधन गर्न विपक्षमा मतदान गरेकाले एमाले मधेशमा पराजित हुने दाबी गर्नुभयो ।

काँग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले काँगे्रस जबजब हा¥यो तब तब देश हारेको बताउनुभयो । त्यसैले काँग्रेस जिताउनु भनेको देशलाई जिताउनु रहेको उहाँ बताउनुभयोे ।

नेता रामशरण महतले सिके राउत, जयकृष्ण गोइत र केपी ओली प्रवृत्तिले राष्ट्रियता खतरामा परेको औँल्याउनुभयो । काँग्रेसका अर्का नेता बालकृष्ण खाँडले एमालेले प्रजातन्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लगाउनुभयो ।
काँग्रेसका युवा नेता गगन थापाले टोपी र धोती मिलेमात्र देश समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो । संविधानमा लेखेको कुरा पुरा काँग्रेसले गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...