१५ हजार सेना र ४ हेलिकप्टर तयारी अबस्थामा,यसरी गरिदैछ २ नम्बर प्रदेशमा चुनाबी तैनाथी



हाम्रो इकोनोमि

नेपाली सेनाले दुई नम्बर प्रदेश असोज २ मा हुने स्थानिय तहको निर्वाचनको लागी १५ हजार सेना परिचालन गरेको छ । निर्वाचनको सुरक्षामा सेना तेस्रो घेरामा परिचालन हुनेछ । निर्वाचन आयोगको आग्रहमा सेनाले तराईमा १५ हजार सेना परिचालन गर्नुको साथै चार वटा हेलिकोप्टर समेत परिचालन गरेको छ ।
सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले निर्वाचनको सुरक्षाको लागी १५ हजार सेना परिचालन गरिएको बताए । सहायरकथी कडायतकाअनुसार सेनाका दुई हेलिकोप्टर तराईको चुनावलाई मध्यनजर गरेर पृतना मुख्यालयमा तयारी हालतमा राखेको र अरु दुई हेलिकोप्टर एक–दुई दिनभित्र पठाउने तयारी सेनाको छ ।

सेनाले तराईको चुनाव र संघिय संरचनालाई ध्यान दिएर पृतना हेडक्वार्टर पनि तराईलाई नै केन्द्रमा राखेर स्थापना गरेको छ । सेनाको यसअघि इटहरीमा पुर्वी पृतनाको मुख्यालय रहेपनि सेनाले हाल धनुषामा अर्को पृतना कार्यालय खडा गरेको छ ।
सेनाले पृतनाको संख्यालाई ६ बाट बढाएर ८ पुरयाएको छ । जसअनुसार पुर्वी पृतना मुख्यालय इटहरीमा, दुई नम्वर प्रदेशलाई ध्यानमा राखेर धनुषाको भिमानमा पृतना कार्यालय स्थापना गरीएको छ । नया थप भएका पृतनामध्ये धनुषाको भिमान र पाचं प्रदेशलाई ध्यानमा राखेर बुटवलमा पृतना मुख्यालय स्थापना गरिएको छ । सैनिक प्रवक्ता सहायकरथी कडायतले सेनाले संघिय संरचनालाई ध्यानमा राखेर उपरथीहरु प्रत्येक क्षेत्रमा खटाइएको बताए ।

सेनाको पुर्वी पृतनामा उपरथी गौरव तण्डुल,दुई नम्वर प्रदेश धनुषामा रहेको पृतनामा उपरथी ईश्वर हमाल, हेटौडाको सुपारीटारमा रहेको मध्यपृतनामा उपरथी प्रभुराम शर्मा,उपत्यका पृतनामा उपरथी शरद गिरी,पश्चिम पृतनामा उपरथी देवेन्द्र मेघासी, पाच नम्वर प्रदेश बुटवलमा रहेको पृतनामा उपरथी राजेन्द्र कार्की,मध्यपश्चिम पृतनामा उपरथी कमेन्द्र लिम्बु र सुदुरपश्चिम पृतनामा उपरथी दिपक भारती रहेका छन् ।
सेनाले सबैभन्दा पहिले पृतनामा उपरथी पठाएको थियो । सेनाले उपरथीलाई पृतनाको प्रमुख बनाएपछि नेपाल प्रहरीले पनि सबै प्रदेशमा एआईजीलाई खटाएको थियो ।
सेना र प्रहरीले प्रदेश संरचनालाई ध्यान दिएर प्रदेशमा विशिष्ट श्रेणीलाई खटाएपनि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले भने अहिलेसम्म पनि डिआईजीलाई नै प्रदेश प्रमुखको रुपमा खटाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...