सर्बेन्द्र खनालले गरे अहिले सम्म कसैले नगरेको काम,यसरी हुदैछ बदमासको निदहराम



कविल प्रहरीका रुपमा परिचित सर्बेन्द्र खनालले सडकमा उत्रिएर अनुगमनलाई तिब्र पारेका छन।यहि मेसोमा आज उनको पिछा गर्दै जादा यस्तो भेटियो।
यात्रुहरू गन्तव्यतर्फ जान बस चढ्न आतुर थिए । बसहरू अफिस टाइमको मौका पारेर जतिसक्दो यात्रु चढाएर अगाडि बढ्न खोज्दै थिए । नेपाल वायु सेवा निगमको सामुन्ने माइक्रोबस पार्कमा अकस्मात् उपत्यका ट्राफिक प्रहरी महाशाखाका आयुक्त डिआइजी सर्वेन्द्र खनाल देखापरे । उनलाई साथ दिन माइक्रोबस व्यवसायी संघका पदाधिकारी र मजदूरहरू समेत जम्मा भए । बसहरू रोक्दै चालक र सहयोगीलाई सम्झाउन थाले । नियमानुसार गाडी हाँक्न, सभ्य पहिरन र बोलीबचन प्रयोग गर्न सम्झाउन थाले ।

खनाल फिल्डमा उत्रिएर चालक र सहयोगीलाई प्रत्यक्ष भेटेर बसको झ्यालबाट सम्झाउँदै गर्दा यात्रुहरू खुशी देखिन्थे । महिलाहरू राम्रो काम भन्दै धन्यवाद भन्दै थिए । पाकाहरू बल्ल यातायात क्षेत्रमा सुधार आउने भयो भन्दै असल काम नरोक्न भन्दै थिए । यत्तिकैमा कलेज पढेर फर्किरहेकी युवतीले बसबाटै हातको संकेत गर्दै भनिन्—गुड जब सर ! चालकलाई सम्झाउँदै गर्दा एकजना किशोर गाडीको चालक सिटमा भेटिए । सम्झाउँदै गर्दा सर्वेन्द्रलाई किशोरमाथि शंका लाग्यो र उमेर सोधे । उसले उमेर नपुगी बस चलाएको भेटियो । सर्वेन्द्रले सिटबाट निकालेर चालक फेर्न लगाए ।

सर्वेन्द्रले हरेक बसमा सभ्य बन्न र ट्राफिक नियमको पालना गर्नेसहितको नारा लेखिएको ब्यानर टाँस्न लगाए । उपत्यकाको एक दर्जन स्थानमा मङ्गलबार एकसाथ यो अभियान थालिएको थियो । अबको एक महिना हरेक माइक्रोबसमा ट्राफिक नियमको पालना र सभ्य व्यवहार गर्नेबारे नारा लेखिएको तुल र स्टीकर रहनेछ । खनालले अभियानमा प्रहरीलाई मात्र नभई व्यवसायी र मजदूरलाई समेत सहभागी गराए । यात्रुलाई समेत ट्राफिक व्यवस्थापनमा सहयोगी बन्न आग्रह गरे । दुई घण्टासम्म फिल्डमा खटिएर खनालले यात्रुको पीडालाई प्रत्यक्ष हेरे । फिल्डमा आफै पुगेर कस्तो नीति बनाउन सकिन्छ भन्नेबारे निर्णय लिने शैली अपनाइरहेका छन् । नयाँ नयाँ योजनाहरू बनाएर ट्राफिक व्यवस्थापनमा सफलता हासिल गरिरहेका छन् ।

सर्वेन्द्रले केही हप्ता अघि मोटरसाइकल चालकलाई बाटोमा बसेर ट्राफिक नियम पालना गर्न सम्झाएका थिए । यो अभियान हरेक मोटरसाइकल विक्रेतालाई चालु राख्न आग्रह गरेका छन् । मोटरसाइकल विक्रेताले मोटरसाइकल विक्री गर्दा नियमहरू सम्झाउनुपर्नेछ । उनले अन्य सवारी चालकहरूलाई समेत सम्झाउने अभियान चलाउने भएका छन् ।

जो सडकमा आउँछ उसैले सडकको नियम पालना गर्ने भएकाले सकडसँग प्रत्यक्ष जोडिएकाहरू मार्फत् उपत्यकाको सडक सुधार देखि ट्राफिक व्यवस्थापनमा सर्वेन्द्रले सक्रियता देखाइरहेका छन् । उनी भन्छन्,‘इच्छाशक्ति भए वर्ष होइन महिना पनि लाग्दैन राजधानीको सडक सुन्दर र व्यवस्थित हुन्छ ।’ सडक हाम्रो प्रतिष्ठा भएकाले प्रतिष्ठा जोगाउन सडक सुन्दर र सहज बनाउन सबैले भूमिका निभाउनुपर्नेमा जोड दिन्छन् ।

विगतमा ट्राफिक प्रहरी जरिवाना तिराउन तयार भएर बस्ने गरेको अवस्थामा परिवर्तन आएको छ । गल्ती नगरी जरिवाना तिर्न वाध्य भएको गुनासाहरू आएको थियो । सर्वेन्द्रले ट्राफिक महाशाखाको नेतृत्व लिएपछि प्रहरी जरिवाना तिराउने नभई नियम पालना गराउने जिम्मेवार छ भन्ने सन्देश जान थालेको छ । चालकहरूले सडकमा सहज महशुश गर्न थालेका छन् । प्रहरी यथार्थमा सबैको साथी बनेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह