समृृद्ध मधेश बनाउने आफ्नो एजेण्डा : संयोजक डा भट्टराई



नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ ।

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा भट्टराईले आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताउनुभयो । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उहाँको भनाइ थियो ।

‘हामी जे बोल्छाँै, त्यही गार्छौँ, उहाँले भन्नुभयो– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्को होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।”

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस
प्रचण्डले कर्णालीका भूकम्पपीडितलाई झुक्याएको जनार्दनको आरोप

    नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृह र अर्थमन्त्री जनार्दन शर्माले आफ्नै

भूमि अध्यादेश संकटमा, रणनीति बुन्दै सत्ता गठवन्धन

    अध्यादेशबारे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ

संविधानमा जनयुद्ध स्वीकार गरिएको छ : माधव सापकोटा

    नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने स्वीकार्य नहुने

बालुवाटार जग्गा प्रकरण : माधव र बाबुरामविरुद्धको रिटमा आज पेशी

    बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका