समृृद्ध मधेश बनाउने आफ्नो एजेण्डा : संयोजक डा भट्टराई



हाम्रो इकोनोमि

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ ।

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा भट्टराईले आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताउनुभयो । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उहाँको भनाइ थियो ।

‘हामी जे बोल्छाँै, त्यही गार्छौँ, उहाँले भन्नुभयो– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्को होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।”

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...