महसुल नबुझाउने कालो सूचीमा



नेपाल विधुत् प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि विद्युत्को महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन् ।

लाइन काटिएको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको नेपाल विद्युत् प्राधिकरण धनगढी कार्यालयका लेखापाल गोविन्द ढकालले बताउनुभयो । कालोसूचीमा पर्नेमा घर बिक्री गरी अन्यत्र बसाइँसराइ गरेका, साविकको भन्दा अर्को ठाउँमा घर बनाइ बसेका र केही उद्योग छन् ।

यी ग्राहकबाट महसुलबाफत रु ३३ लाख रकम असुल गर्न बाँकी छ । विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु बक्यौता रकम बुझाउन ऊर्जा मन्त्रालयले जारी गरेको १५ दिने सूचनाको समय सकिएसँगै प्राधिकरण धनगढी शाखाले महसुुल नबुझाई बक्यौता राख्ने ग्राहकको लाइन काट्न थालेको हो ।

तीन दिनमा ४० भन्दा बढी ग्राहकको लाइन काटिएको छ । लाइन काटिएसँगै कतिपय ग्राहकले बक्र्यौता रकम बुझाएर पुनः लाइन जडान गर्न थालेका छन् । गत असारमा नेपाल विद्युत् प्राधिकरण धनगढीको झण्डै रु १२ करोड बक्यौता असुल गर्न बाँकी छ । बक्यौता रकम सबैभन्दा बढी सडक बत्तीको रु पाँच करोड ४३ लाख छ । ग्राहकतर्फ रु एक करोड ९२ लाख, व्यापारिक क्षेत्रतर्फ रु एक करोड, उद्योगतर्फ रु दुई करोड र सामुदायिक क्षेत्रतर्फ रु एक करोड बक्यौैता रहेको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार  ०८ : २९  बजे

प्रतिक्रिया दिनुहोस
आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटायो

     नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ । आज राति

दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको

दिगो बैंकिङमार्फत नबिलको विभिन्न उपलब्धि हासिल

    नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ । हालसम्म

ऊर्जा पूर्वाधारमा चीनको सहयोगका लागि मन्त्री खड्काको पहल

    शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा