प्रधानमन्त्री देउवाले आचारसंहिता लाई धोती लगाए पछी निर्वाचन आयोगले देउवालाई यसरी दियो कडा निर्देशन



हाम्रो इकोनोमि

आचार संहिता लागु भए पछी चुनावी प्रचारको दौरानमा नेताहरुले पार्टीको सिंह अंकित बिभिन्न सामाग्रीहरुको प्रचार प्रसार गर्न पाईदैन तर राजनीतिक पार्टीका नेताहरुले आफैले बनाएको कानूनको खिल्ली उडाउदै नियम बिपरितको काम गरे पश्चात निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता पालना गर्ने, गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप चारबुँदे निर्देशन दिएको छ ।प्रधानमन्त्री देउवाले नै आचार संहिताको खिल्ली उडाए पछी आयोगले थप कडी कडाउ गरेको हो।

आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा गठित आचारसंहिता समितिको मङ्गलबार बसेको बैठकले आचारसंहिताविपरीत हुने सामग्रीको वितरणमा रोक लगाउन सम्बद्ध निकाय तथा तोकिएको अधिकारीलाई निर्देशन गर्न सरकारलाई थप निर्देशन दिने निर्णय गरेको छ भनेर गोरखापत्र अन्लाईले लेखेको छ ।
आयोगले नेपाल सरकारका मन्त्री तथा सार्वजनिक पद धारण गरेका पदाधिकारीहरू राजनीतिक कार्यक्रममा भाग लिन जाँदा सरकारी साधन र स्रोतको प्रयोग नगर्न÷नगराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको आयोगले जनाएको छ ।
आयोगले उम्मेदवार वा स्वतन्त्र उम्मेदवारको प्रचारप्रसारका क्रममा टिसर्ट, झोला, स्टिकर, गम्छा, सल, खादाजस्ता जिन्सी सामग्रीमा निर्वाचन चिह्न अङ्कित सामग्री वितरण नगर्न सचेत गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन सम्पन्न भएपछि गठन भएका गाउँसभा,नगरसभा,जिल्लासभालाई नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्न दिने आयोगले अनुमति दिँदै त्यस्ता कार्यक्रम मन्त्री, व्यवस्थापिका संसद्का सदस्यबाट उद्घाटन नगराउन पनि निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता लागू हुनुपूर्व सरुवा भएका कर्मचारीलाई यथाशीघ्र आफ्नो दरबन्दीमा जान रमाना दिने तथा काज रहेको भए दरबन्दीमा काज फिर्ता गर्न सरकारलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...