साल्ट ट्रेडिङद्वारा चेपाङ बालबालिकालाई खाद्यान्न



साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, चितवनले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा गामबेँसिको चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

वाार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम चेपाङ बालबालिकाका लागि सहयोग गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।

कार्यालयमै बसेर कर्मचारी मिलेर खर्च गर्ने परम्पराबाट माथि उठेर गरिबका लागि भोजन भन्ने मान्यतालाई अगाडि सार्दै आफूले चेपाङ बालबालिकाका लागि खाद्यान्न सामग्री प्रदान गरेको कार्यालयका प्रमुख दाहालले बताउनुभयो ।

कार्यालयले गामबेँसी चेपाङ संरक्षण केन्द्रमा रहेका १०२ बालबालिकाका लागि १५ दिनसम्म पुग्ने चामल, दाल, केराउ, आलु तरकारीलगायतको खाद्य सामग्री र केही बालबालिकाका लागि झोला वितरण गरेको हो ।

केही दिनदेखि खाद्यान्न अभाव भएर समस्या भएका बेला खाद्यान्न सहयोगले बालबालिकालाई ठूलो राहत मिलेको संरक्षण केन्द्रका प्रमुख केपीकिरण शर्माले बताउनुभयो ।

आफूले निकै दुःख र कठिनाइका बाबजुद पनि चेपाङ बालबालिकाको शिक्षा र पालनपोषणमा लागेको बताउँदै उहाँले अन्य निकायले पनि चेपाङ बालबालिकाको संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

विभिन्न जिल्लाका स्कुल शिक्षाबाट वञ्चित हुँदै आएका ती चेपाङ बालबालिका अहिले रत्ननगरमा बसेर पठनपाठन गर्दै आएका छन् । बालबालिकालाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा संरक्षण केन्द्रले पालनपोषण र शिक्षा दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
बाग्मतीमा एमालेका ६ मन्त्रीको नाम फाइनल

    बागमती प्रदेशमा नेकपा एमालेबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम टुङ्गो लागेको छ

९ लाख लेनदेन भएको मुकुल ढकालको दावी

    उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले

बागमतीमा मन्त्रालय भागबन्डाको सहमति

    वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

  नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९