आयल निगम जग्गा प्रकरणबारे छानबिन गर्न माग,अख्तियारमा कस्ले हाल्यो उजुरी



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नेपाल आयल निगममा भएको भनिएको भ्रष्टाचार तथा बूढीगण्डकीमा भएको भनिएको अनियमितताको छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता गराएको छ ।

ती विषयमा राम्रो छानबिन गरी भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्न माग गरिएको छ । संसदीय समितिले छानबिन गरी निगमले तेल भण्डारणका लागि विभिन्न स्थानमा किनेका जग्गा चलनचल्तीभन्दा चार गुणा बढी मूल्यमा कारोबार गरिएको समाचार आएपछि उक्त संगठनले त्यसको छानबिन गर्न आयोगलाई आग्रह गरेको हो ।

त्यसैगरी ‘बूढीगण्डकी आयोजना विश्वव्यापी बोलपत्र आह्वान गरी अगाडि बढाउनुपर्नेमा दाहाल सरकार कामचलाउ हैसियतमा रहेका बेला चिनियाँ कम्पनीलाई एकपक्षीय रुपमा दिएर अनियमितता गरिएकाले’ त्यसको उचित छानबिन गर्नुपर्ने उक्त पत्रमा माग गरिएको छ ।
संगठनका अध्यक्ष प्रकाश रिमालले मुलुकमा विकास तथा समृद्धिका लागि भ्रष्टाचार बाधक रहेको बताउँदै यसको अन्त्य गरी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...