आयल निगम जग्गा प्रकरणबारे छानबिन गर्न माग,अख्तियारमा कस्ले हाल्यो उजुरी



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नेपाल आयल निगममा भएको भनिएको भ्रष्टाचार तथा बूढीगण्डकीमा भएको भनिएको अनियमितताको छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता गराएको छ ।

ती विषयमा राम्रो छानबिन गरी भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्न माग गरिएको छ । संसदीय समितिले छानबिन गरी निगमले तेल भण्डारणका लागि विभिन्न स्थानमा किनेका जग्गा चलनचल्तीभन्दा चार गुणा बढी मूल्यमा कारोबार गरिएको समाचार आएपछि उक्त संगठनले त्यसको छानबिन गर्न आयोगलाई आग्रह गरेको हो ।

त्यसैगरी ‘बूढीगण्डकी आयोजना विश्वव्यापी बोलपत्र आह्वान गरी अगाडि बढाउनुपर्नेमा दाहाल सरकार कामचलाउ हैसियतमा रहेका बेला चिनियाँ कम्पनीलाई एकपक्षीय रुपमा दिएर अनियमितता गरिएकाले’ त्यसको उचित छानबिन गर्नुपर्ने उक्त पत्रमा माग गरिएको छ ।
संगठनका अध्यक्ष प्रकाश रिमालले मुलुकमा विकास तथा समृद्धिका लागि भ्रष्टाचार बाधक रहेको बताउँदै यसको अन्त्य गरी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...