यी हुन् सुन तस्करीका नाइके,यिनै संग किन प्रहरीको हुन्छ बाक्लो उठबस ?



नेपाल प्रहरीले बिभिन्न स्थानबाट अबैध सुन बरामत गर्न थालेपछि सुन तस्करका नाईकेहरु छटपटाउन थालेका छन् ।
पछिल्लो एक बर्षको अबधिमा प्रहरीले काठमाडौं र रसुवाबाट मात्रै एक सय पचास किलो भन्दा बढी सुन बरामत गरेपछि तस्करहरु छटपटाउन थालेका हुन ।
प्रहरीले मात्र होईन सुन बोक्ने भरिया र क्यारिङवाला स्वमले सुन बोकेर फरार हुन थालेपछि झन सुन तस्कर तर्सित हुन थालेका छन् ।

एक बर्षको अबधिमा प्रहरीले बरामत गरेको बराबरको सुन भरिया र क्यारिङवालाले बेपत्ता बनाएको चर्चा यतिखेर तस्करबिच चल्न थालेको छ । नेपालका नामुद सुन तस्कर बौद्धका आम्डो घ्याम्चोले यतिखेर आफ्ना छोरा कुङ्गा टासीलाई प्रयोग गरेर सुनको तस्करी गर्दै आएका छन् ।

घ्याम्चोको सुन पटक पटक बरामत भएपनि उनि भने कानुनको कमजोरीको फाईदा उठाउँदै उम्कन सफल भएका छन् । २०६९ सालमा काठमाडौं परिसरले बरामत गरेको १६ किलो, २०७० मा काभ्रेमा लुटपाट भएको १२ किलो, त्यसको लगत्तै काठमाडौं प्रहरीले बरामत गरेका ८ किलो सुनका मालिक घ्याम्चो थिए । तर उनी १६ किलोमा प्रहरीको अनुसन्धानमा तानिए पनि राजश्व अनुसन्धान बिभागले जोगाएको थियो ।

तत्कालिन समयमा राजश्वका उपसचिव भरत सुबेदीले जोगाएका थिए । तिनै घ्याच्चो अहिले आफ्नो छोरा कुङ्गालाई अघि सारेर नियमित सुन तस्करी गर्दै आएका छन् । उनको सुन क्यारिङ सिन्धुपाल्चोकका टेम्बो शेर्पा, राजु घलान तमाङ, सोनाम शेर्पा लगाएत एक दर्जनले गर्दै आएका छन् । स्रोतका अनुसार पछिल्लो समय तस्करी गरी ल्याएको ५ किलो सुन सहित घ्याम्चोका भरिया सोनाम शेर्पा फरार छन् । स्रोतका अनुसार भरिया शेर्पा भारतको दिल्लीमा छन् ।

त्यस्तै सुन तस्करका अर्का नाईके हुन सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने शम्भू शेर्पा तस्करीबाटै करोडपती बनेका हुन । शेर्पा अहिले बौंद्धमा रहेको उनको आलिशान महलमा बस्दै होटल हायतको फिटनेश क्लबमा शारिरिक ब्यायमको लागि पुग्ने गर्छन । देखाउटी व्यवसायी नै केही नभएका शेर्पाको दैनिक भनेकै सुन तस्करी गर्नु हो । सिन्धुपालचोकका छिरिङ शेर्पा पनि सुन तस्करका टप फाईप भित्र पर्ने पात्र हुन ।

ढेड बर्ष अगाडी तातोपानीबाट राजधानी भित्रिदै गरेको बा ९ च १४६३ नम्बरको कालो कारमा १८ थान सुन बरामत भएपछि छिरिङको धन्दा छताछुल्ल भएको हो । छिरिङ सहित उनका दाजुभाई साङगे शेर्पा र मिङमार शेर्पा पनि सुन तस्करका नाईके भएका स्रोतको दाबी छ । सुन तस्करी गरेकै भरमा छिरिङले स्वमभूमा बंगाला ठराएका छन् ।

लिपिङ सिन्धुपाल्चोकका छिरिङ समान्य परिवाका व्यक्ति हुन । सुन तस्करी गरेर छिरिङ हाल करोडका मालिक भएका छन् । भिक्षु पोशाकमा रहेका मिङमारले भिक्षुको भेषमा सुन भारतसम्म पुर्याउने काम गर्दै आएका छन् । उता दोलखाका पेम्पा दोर्जे शेर्पाले पनि एक दर्जन क्यारिङवाला र भरियाको प्रयोग गरेर सुन तस्करी गर्दै आएका छन् ।

नबिन भन्ने राजु कुमार राई, मोहन कुमारलाई सुन बोक्न लगाउँदै आएका छन् । पछिल्लो समय तातोपानी नाका बन्द भएपछि यि तस्करले केरुङ नाकालाई मुख्य आधार बनाएर सुन तस्करी गर्दै आएका छन् । तस्करीमा बारम्बार प्रहरीको नाम जोडिदै आएपनि सुन तस्करहरुले भगबान भरोसाको भरमा काठमाडौं भित्राउँदै आएका छन् ।

सामान्य चेकचाँचमा सुन बरामत हुदैन, बिना सुचना बाटोमा हिडेको गाडीलाई नियन्त्रमा लिएर ४,५ घण्टा खानतलासी गर्न सम्भब नहुने हुदा सुन तस्करी मौलाएको हो । दिनको सयौं गाडी केरुङ नाकाबाट काठमाडौं भित्रीन्छ । ति गाडी मध्य २,४ वटा गाडीबाट सुन पास हुँदै आएको छ।

सुन बोक्ने र क्यारिङ गर्नेको चहलपहलमा शंखा लागे तस्करीकै सदस्यहरुले प्रहरीलाई खबर गर्दै आएका छन् । वा भरियाले केही सुन लुकाएर प्रहरीलाई आफै खबर गरी पक्राएर जेल बस्न तयार हुन्छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्