चुनाबका लागी पाँच दिन सार्वजनिक विदा दिने सरकारको निर्णय



आगामी असोज २ गते तराई मधेशका आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार सिंहदरवारमा बसेको बैठकले तेस्रो चरणको निर्वाचनका लागि पाँच दिन विदा दिने निर्णय गरेको हो ।भाद्र ३० गतेदेखि असोज ३ गते ५ दिन सार्वजनिक विदा दिने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा पूर्व परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले पूर्व परराष्ट्रसचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि आचार्यलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले भुकम्पपछिको पुननिर्माणका लागि बिश्ंव बैंकले संयुक्त दाता कोषमा उपलब्ध गराउने एक अर्व पाँच करोड अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन व्यवस्था गर्न बनेको बिधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको छ ।
बिदेशमा रहेका नेपाली नागरिकता लिइ नसकेका सन्ततीका लागि बढीमा चार बर्षका लागि राहदानी जारी गर्ने निर्णय पनि बैठकले गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
मन्त्री बस्नेतका अनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नरेन्द्रराज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयको सिफारिसमा उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको