चुनाबका लागी पाँच दिन सार्वजनिक विदा दिने सरकारको निर्णय



हाम्रो इकोनोमि

आगामी असोज २ गते तराई मधेशका आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले पाँच दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार सिंहदरवारमा बसेको बैठकले तेस्रो चरणको निर्वाचनका लागि पाँच दिन विदा दिने निर्णय गरेको हो ।भाद्र ३० गतेदेखि असोज ३ गते ५ दिन सार्वजनिक विदा दिने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा पूर्व परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले पूर्व परराष्ट्रसचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि आचार्यलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले भुकम्पपछिको पुननिर्माणका लागि बिश्ंव बैंकले संयुक्त दाता कोषमा उपलब्ध गराउने एक अर्व पाँच करोड अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन व्यवस्था गर्न बनेको बिधेयकलाई व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको छ ।
बिदेशमा रहेका नेपाली नागरिकता लिइ नसकेका सन्ततीका लागि बढीमा चार बर्षका लागि राहदानी जारी गर्ने निर्णय पनि बैठकले गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
मन्त्री बस्नेतका अनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नरेन्द्रराज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयको सिफारिसमा उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...