यसरी झिक्छन विदेशी नागरिकले नक्कली एटीएमबाट पैसा,प्रहरीको फन्दामा परे १५ विदेशी नागरिक



अबैध एटीएम कार्डको प्रयोग गरी नेपाली बैंकको एटीएम पीन र पासवर्ड चोरेर रकम झिक्ने गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अप्रेशन थालेको छ।

सीआईबीले युरोपबाट विभिन्न एटीएम कार्ड लिएर आएका टर्किस नागरिक एक्रम ओरम्यान्सी र बुल्गेरियन नागरिक मिट्को स्टोन्योनोभ मिटेभलाई पक्राउ अवैध एटीएम र रकम सहित पक्राउ गरेको छ।

सीआईबी प्रवक्ता एसपी मीरा चौधरीका अनुसार पर्यटक भिसामा नेपाल आएका उनीहरुले रकम झिकेर डलर सटही गरेर विदेश जाने योजनामा थिए। तर, प्रहरीको फेला परे।
उनका अनुसार चाक्सीबारी मार्ग ठमेलबाट पक्राउ परेका बुल्गेरियन नागरिकको साथबाट एक सय २८ एटीमए, चार लाख ४० हजार नेपाली रुपैयाँ, २० अमेरिकी डलर, एक–एक थान मोबाइल, ल्यापटप र कार्ड सिक्मर बरामद गरिएको छ।

त्यस्तै, ठमेलको रोयल पेन्गुईन होटलबाट पक्राउ परेका टर्कीस नागरिकको साथबाट एक हजार दुई सय २५ युरो, नौ हजार सात सय १० अमेरिकी डलर, ३३ हजार इण्डोनेशियन रुपैयाँ ३४ थान एटीएम कार्ड, चार थान मोबाइल तथा एक–एक थान मोबाइल र कार्ड स्किमर बरामद गरिएको छ।
पक्राउ परेका दुबै जनाविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान अगाडि बढाइएको छ।
योसँगै अबैध एटीएम कार्ड प्रयोग गरेर रकम निकाल्ने १५ जना पक्राउ परेका छन्।

सन् २०१४ जुनदेखि हालसम्म रोमानियन, टर्कीस र मोल्दोभियनका चार(चार तथा बुल्गेरियनका तीन गरी १५ जना पूर्वी युरोपेली नागरिक पक्राउ परेको एसपी चौधरीले जानकारी दिइन्। उनीहरुको साथबाट ८८ लाख ६८ हजार आठ सय ५० नेपाली रुपैयाँ, ७५ हजार दुई सय ४५ अमेरिकी डलर र ७३ हजार आठ सय ७५ युरो बरामद गरिएको सीआईबीले जनाएको छ।
एक हजार चार सय ३९ थान अबैध एटीएम पनि जफत गरिएको चौधरीले जनाइन्।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई