प्रम देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन गर्नुभयो ।

दक्षिण एशिया महिला विकास मञ्चद्वारा आयोजित उक्त सम्मेलनमा सार्क सदस्य राष्ट्रहरुलगायत १८ देशका ८० महिला उद्यमी तथा नीति निर्माताको सहभागिता रहेको छ ।

सार्कअन्तर्गतको सो मञ्च दक्षिण एशियाली महिलामा उद्यमशीलता विकास गर्न क्रियाशील छ । दुई दिने सो सम्मेलनमा पर्यटन, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा संलग्न महिला उद्यमीले हासिल गरेका सफलता, भोग्दैआएका समस्या एवं लगानीका बारेमा छलफल हुनेछ ।

विश्व व्यापार संगठनकाअनुसार यस क्षेत्रको कूल व्यापारको दश प्रतिशत हिस्सा मात्र महिलाको छ । तीमध्ये पनि साना तथा मझौला व्यापार÷उद्यममा महिला संलग्न छन् । राष्ट्रिय अर्थतन्त्रमा ८० देखि ८८ प्रतिशत योगदान साना तथा मझौला व्यापारको रहेको छ ।

यस क्षेत्रको आर्थिक–सामाजिक अवस्था, गरिबी, अशिक्षा, पछैटेपनका कारण महिलालाई आत्मविश्वासका साथ उद्योग व्यवसायमा संलग्न रहन कठिन छ । उद्योग व्यवसायमा संलग्न महिलामध्ये अधिकांश आफ्ना पुख्र्यौली पेशाका कारण सहभागी भएको बताइन्छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षण गर्न लगानीमैत्री वातावरण तयार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “आर्थिक रुपले एक महिला सक्षम तथा आत्मनिर्भर हुनु भनेको सिङ्गो परिवार नै समृद्ध हुनु हो । परिवार समृद्ध भएपछि समाज र पूरै देशको आर्थिक उन्नयन हुन्छ । त्यसैले यस क्षेत्रमा महिलामा लगानी बढाउन आवश्यक छ । ”
प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा उल्लेख्य रुपमा महिला सहभागितालाई सुनिश्चित गरेको र यसले महिलालाई सशक्त र अधिकार सम्पन्न बनाउन मद्दत पुगेको बताउनुभयो ।

 

आयोजक संस्थाका अध्यक्ष प्रमिला आचार्य रिजालले महिलालाई उद्योग व्यवसायमा थप आकर्षण गर्न र यस क्षेत्रमा भएका ज्ञान र प्रविधिलाई एक आपसमा बाँड्न सम्मेलन आयोजन गरिएको जानकारी दिनुभयो ।

सार्क सचिवालयका महासचिव अमजद हुसेनले महिलाको आर्थिक तथा सामाजिक सुधार ल्याउन महिला उद्यमशीलता विकास गर्न जरुरी भएको बताउनुभयो ।

उद्योगपति विनोद चौधरीले नेपालका महिला राजनीतिक रुपमा धेरै अगाडि रहेको तर उद्योग व्यवसायमा भने सहभागिता न्यून रहेको उल्लेख गर्नुभयो ।

श्रीलंकाका प्रा। मैथ्रिविक्रमा सिङ्घेले दक्षिण एशियाका महिला गरिबी, अशिक्षा, पछौटेपनका कारण अझै उद्योग व्यवसायमा पूर्ण रुपले लाग्न नसकेको बताउनुभयो ।
चीनका महिला उद्यमी चेन यानले महिलालाई ज्ञानमा आधारित सूचना प्रविधिको क्षेत्रमा आउन उत्प्रेरणा जगाउनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...