पाकिस्तानमा बन्दुकधारीद्वारा चार सिया मुसलमानको हत्या



हाम्रो इकोनोमि

पाकिस्तानको प्रहरीका अनुसार अतिवादीहरुको एक आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन् ।
दक्षिणपश्चिमी बलुृचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका प्रहरी अधिकारी मोहमद खानले सोमबार जानकारी दिएका छन् ।
मारिएका ती सिया मुसलमानहरु अफगानिस्तान र पाकिस्तानमा अल्पसङ्ख्यक मुस्लिमका रुपमा रहेका सिया हजाराका सदस्यहरु रहेको जनाइएको छ ।
यस हत्याको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । पाकिस्तान र अफगानिस्तानमा बारम्बार सुन्नी मुसलमानहरुबाट सिया मुसलमानमाथि आक्रमण हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...