२५ मेनपावर कम्पनीलाई कारबाही गर्न अख्तियारको पत्र,यी हुन् कारबाही पछी बन्द गरिएका ५ मेनपावर



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ मेनपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठाएको छ । वैदेशिक रोजगारमा जाने कामदारलाई ठगेको तथा ति मेनपावर बिरुद्द परेका अन्य उजुरी उपर छानबिन गरि ति २५ मेनपावर माथि कारबाही गर्न आयोगले विभागलाई पत्र पठाएको हो । आयोगमा प्राप्त उजुरीका आधारमा ति मेनपावरलाई कारबाही गर्न विभागलाई पत्र काटेको आयोगले जनाएको छ ।

आयोगका एक अधिकारीले सरकारी नियमको उलङ्घन गरेको,विदेश पठाइदिने नाममा कामदार सँग बढी शुल्क असुलेको,करार गरे अनुरुप सेवा सुविधा उपलब्ध नगराएको,व्यक्तिगत भिसालाई संस्थागत बनाई तथा संस्थागत भिसालाई व्यक्तिगत बनाई कामदार विदेश पठाएको जस्ता उजुरी माथि अनुसन्धान गर्दा आयोगले दोषी ठह¥याएका मेनपावरलाई कारबाही गर्न विभागलाई पत्र पठाएको बताए ।

यता विभागका महानिर्देशक विश्वराज पाण्डेले आयोगको पत्र प्राप्त भएको जानकारी दिँदै आयोगले गरेको सिफारिस अनुरुप ति मेनपावर माथि कारबाही प्रक्रिया अगाडि बढाउने बताए । महानिर्देशक पाण्डेले भने–‘केही मेनपावरलाई कारबाही गर्न आयोगले पत्र पठाएको छ । हामी त्यो पत्रका आधारमा अनुसन्धान गरिरहेका छांै । कारबाहीका लागि सिफारिस गरिएका मेनपावर माथि चाँडै कारबाही प्रक्रिया अगाडि बढाउछौं ।’

विभागका एक अधिकारीका अनुसार कारबाहीका लागि आयोगले काटेको पत्रमा धेरै कामदार पठाउने तथा मलेसिया पठाउने मेनपावरको नाम अग्रपंक्तिमा छ ।
हाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा आवद्द पदाधिकारी तथा पूर्वपदाधिकारीको मेनपावरको नाम समेत कारबाहीको लागि सिफारिस गरिएको पत्रमा उल्लेख गरिएको ति अधिकारीको भनाइ छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन तथा वैदेशिक रोजगारका नाममा हुने ठगि नियन्त्रण गर्न आयोगले यस अघि पनि थुप्रै निर्देशन सहित विभागलाई पत्र काटेको थियो । तर विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगि नियन्त्रण गर्न सक्रियता नबढाएको र दोषी उपर कारबाही गर्न तदारुपता नदेखाएको भन्दै आयोगका अधिकारीले विभाग प्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

‘वैदेशिक रोजगारका नाममा हुने ठगि नियन्त्रणमा विभागले खेलेको भूमिका प्रति हामी त्यति सन्तुष्ट छैनौ । अझै पनि विदेशिने कामदार ठगिने दरमा कमि आएको छैन । मेनपावरले बढी पैसा लिएका उजुरी आयोगमै आइरहेका छन् भने विभागमा कति होलान ? वैदेशिक रोजगार क्षेत्रलाई नियमन गर्ने सम्वन्धित निकायले चनाखो हुनुपर्ने तर त्यसमा कहिँ कतै कमजोरी भएको महसुस हामीले गरेका छौ’आयोगका ति अधिकारीले भने ।

५ वटा म्यानपावर कप्पनी बन्द

वैदेशिक रोजगार विभागले भदौ महिनामा मात्र पाँचवटा म्यानपावर कम्पनी बन्द गराएको छ । विभागले बुधबार महाराजगञ्जमा रहेको इन्टरनेशनल जब लिंक प्रालि र पानीपोखरीको युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीमा ताला लगाएर बन्द गराएको छ ।

भदौ १८ गते सिद्ध ग्लोबल म्यानपावर, भदौ ५ गते निड इम्प्लोइमेन्ट सर्भिस र साउनको अन्तिम हप्ता गैरीधारामा रहेको वाइड स्पेश इन्टरनेशनल म्यानपावर कम्पनी विभागले बन्द गरेको थियो । योसँगै एक महिनाभित्र ५ वटा म्यानपावर कम्पनी बन्द भएका हुन् । बन्द भएका म्यानपावरका कम्पनीको श्रम स्वीकृति र कारोबार रोक्का गरिएको विभागले जनाएको छ ।

सरकार दुई वर्षअघि लागू भएको ‘फ्री भिसा र फ्री टिकट’ लाई सफल बनाउन लागि परेको वैदेशिक रोजगार विभागमा सूचना अधिकारी मोहन अधिकारीले बताए । उनले भने, ‘विभागले बन्द गराएका म्यानपावर कम्पनीको सबै कारोबार बन्द गराएर छानविन सुरु गरेका छौं । अब हिजोका दिनमा जस्तो म्यानपावर कम्पनीले दबाब दिँदापछि नहटी काम गर्न विभाग लागिपरेको छ ।’

वैदेशिक रोजगारीमा पठाउँदा कामदारसँग सरकारले तोकेभन्दा बढी रकम लिएको प्रमाणसहितको उजुरी परेपछि विभागले अनुगमन गरी बन्द गरेको उनको भनाइ छ । विभागले यो आर्थिक वर्षको सुरुदेखि नै म्यानपावर कम्पनीमा अनुगमन तीव्र बनाएको छ । वैदेशिक रोजगार ऐनमा विभागले म्यानपावरमा उजुरी, कामदार विदेश पठाएको आधारमा र वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले दिएको नियम पालन गरेर पठाएका छ कि छैन भनेर अनुगमन गर्ने गरेको छ ।

विभागले फुकुवा नगरेसम्मका लागि यी म्यानपवार कम्पनीले कुनै पनि कारोबार गर्न पाउँदैनन् । निर्णय भएको दुई वर्षपछि फ्री भिसा फ्री टिकट कार्यान्वयनको अनुगमनलाई विभागले तीव्रता दिएको छ । अहिले विभागले ७ सय ५४ म्यानपावर कम्पनीमा अनुगमन गरिरहेको छ । सरकारबाट अनुमति लिएर गत आर्थिक वर्षमा थपिएका २ सय र पुराना ७ सय ५४ गरी ९ सय ५४ म्यापावर कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्