माधब नेपालले यसरी सुनाए कांग्रेस,माओबादी र राजपालाई मधेशी जनताले सोत्तर पार्ने कुरा



हाम्रो इकोनोमि

प्रदेश नम्बर २ को स्थानीय चुनावमा सबै दलका नेताहरुले आफ्नो दल सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुने दाबी गरेका छन् । मधेशी जनताको हितमा आफ्नै दल मात्र रहेको सबैको दाबी छ । नेकपा एमालेलाई भने मधेश विरोधी दलको आरोप लगाइएको छ । यसै सन्दर्भमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग ऋषि धमलाले कुरा गरेका छन् । धमलाले गरेको कुराकानी प्रस्तुत गरेका छौ।

 

प्रदेश नम्बर २ मा चुनावी माहोल कस्तो छ ?
यस क्षेत्रका जनता निर्वाचनमा मतदान गर्नका लागि निकै उत्साहित पाएको छु । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पनि प्रदेश नम्बर को चुनावमा सबैको ध्यान केन्द्रित भएको छ । मधेशका जनताले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई गम्भीर आरोप लगाएका छन् । प्रदेश नम्बर २ मा सबैभन्दा ढिलो चुनाव गराएकोप्रति मधेशी जनताको गुनासो छ । पहिलो चरणमा नै यस क्षेत्रमा चुनाव गरिदिएको भए विकासका कामले गति लिइसक्थ्यो । तर त्यसो हुन नपाउनुमा कांग्रेस र माओवादी प्रमुख कारण हो भन्ने ठहर मधेशी जनताको छ । मधेशी जनताले भनेका छन्, हामीलाई पछाडि पार्ने काम भयो, अब चुनावमा त्यसको नतिजा देखाइदिन्छौँ । मधेशी जनता कांग्रेस र माओवादीलाई सजाय दिन तयार भएर बसेका छन् । त्यस्तै राजपालाई हराउनका लागि पनि यहाँका जनता उद्धत भएर बसेका छन् ।

तर एक पक्षले मधेशको चुनाव जित्न नेकपा एमालेलाई धेरै गाह्रो छ भनका छन् नि ?
तपाई आफैँ पनि मधेशमा घुम्नुभएको छ । जनताको भावना बुझ्नुभएको छ । मधेशी जनताले नेकपा एमालेलाई कति माया गर्छन् भन्ने कुरा थाहा पाउनुभयो होला । आम जनमानसमा नेकपा एमाले लोकप्रिय छ । एमालेप्रति आग्रह पालेर बसेकाले त जे पनि भन्न सक्छन् ।

संविधान संशोधनको विरुद्धमा उभिएपछि एमालेप्रति मधेशी जनता असन्तुष्ट त छन् नि ?
कांग्रेस, माओवादी र मधेशवादी दलले नै मधेशको हित चाहेका छैनन् भन्ने कुरा त्यहाँका जनताले बुझेका छन् । एमालेलाई दोष लगाउने कुनै ठाउँ छैन । संविधान संशोधनको प्रस्ताव मधेशी जनताको हितमा छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । प्रस्ताव त नेताहरुले आफ्नो अनुकुल गर्न खोजेका थिए । विदेशीलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनुपर्छ भनेर गर्न लागिएको संशोधन कसरी मधेशी जनताको हितमा हुन्छ ?

मधेशी जनताले संविधानमा आफ्नो अपनत्व खोजेका छन् नि । नागरिकता, भाषा सिमाङ्क लगायतका विषयमा त मधेशी जनताको गुनासो छैन र ?
मधेशी जनता खुशी छन् । ति सब कुरा मधेशमा बसेर राजनीति गर्ने नेतालाई चाहिएको हो । मधेशी जनताले त विकास चाहेका छन् । त्यसको लागि नेकपा एमालेलाई जस दिन चाहेका छन् जनताले ।

मधेशी जनताले संविधानप्रति मसँगको साक्षात्कारमा नै गुनासो गरेका छन् । कसरी खुशी छन् भन्न मिल्छ ?
त्यो कुरा जनताले होइन, कोही नेताले भनेको हुन सक्छ । नेताको कुरा छाड्नुस्, जनताले के भन्छन् भन्ने कुरा महत्वपूर्ण छ । जनताले त गास बास र कपास खोजेका छन् । बाढीको प्रकोप रोक्न र खेतबारीमा सिँचाई पु¥याउनका लागि जनताले आग्रह गरेका छन् । शिक्षा र रोजगारीको अवसर खोजेका छन् । मधेशी जनताको यि माग सम्बोधन गर्नका लागि नेकपा एमाले मात्रै प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे

  आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

नेपाली खानालाई प्रवधन गर्न बानाले सडक फुड फेस्टिबल २०२५’ आयोजना गर्दै

बाल्टिमोर । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले नेपाली खानालाई प्रवर्धन...