दशैँका लागी भोली देखी टिकट बुकिङ खुला, कहाँ पुग्न कति तोकियो भाडा ?( देशभरको भाडादरसहित)



हाम्रो इकोनोमि

दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलि २७ गते मंगलबार देखि टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले मंगलबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
यातायात व्यवसायीको मागबमोजिम छतमा सामान राख्न पाउने भएपछि बुकिङ खुला गर्न व्यवसायी तयार भएका हुन् । सामानबाहेक यात्रु र खसीबोका छतमा राखेको पाइए कडा कारवाही गर्ने प्रहरीले जनाएको छ ।
यता यातायात व्यवस्था विभागले तोकिएको भाडादरभन्दा बढी नतिर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको जनाएको छ ।

सवारीसाधनले विभिन्न बहाना बनाई यात्रुबाट लिने तोकिएभन्दा बढी भाडादरको निगरानीका लागि विभागले यस्तो संयन्त्र तयार गरेको हो ।

“दशैंको मौका पारेर मनपरी भाडा लिने सवारीसाधनको निगरानीका लागि हामीले अनुगमन टोली गठन गरी फिल्डमा पठाइसकेका छौं,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, “सरकारले तोकेभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई रु. ५ हजारसम्म जरिवाना गर्नेछौं ।”

यता ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने, यात्रुसँग दलाली गर्ने सवारीसाधन तथा टिकट काउण्टरको निगरानी अगाडि बढाएको छ ।
“विगत दुईदिन यता हामीले तोकिएभन्दा बढी भाडा लिने १६ सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, “हामीले यस्तो मनपरीतन्त्र नियन्त्रणका लागि सादापोशाकमा समेत कर्मचारी खटाएका छौं ।”

यातायात व्यवस्था विभागले तोकेको भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...