चिनिया कम्पनी लखेट्न मन्त्रीलाई भारतीय दुताबासको उर्दी,सम्झौता तोड्ने यस्तो छ सरकारको तयारी



भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २० दिनभित्र ८।५२ प्रतिशत काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनबीच भएको सहमतिअनुसार ३५ प्रतिशत काम नभए ठेक्का सम्झौता तोडिने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब २० दिन मात्रै बाँकी भएको बताए ।
चिनियाँ ठेकदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै सम्पन्न गरेको छ । सहमतिअनुसार अगष्टमा ३।६७ प्रतिशत र सेप्टेम्बरमा ४।८५ प्रतिशत काम सम्पन्न गर्ने प्रतिवद्धता चिनियाँ कम्पनीले गरेको थियो । जसमा जम्मा ३५ प्रतिशत काम सम्पन्न हुनुपर्ने सर्त थियो । भारतीय दुताबासले समेत चासो राख्दै चिनिया कम्पनीलाई लखेट्न मंत्री देबलाई भनेको श्रोतको दाबी छ। मंत्री देव भारतीय दुताबास बाट तलब बुझ्ने ब्यक्ती समेत हुन्।

कम्पनीले तीन वर्षअघि २०१७ को डिसेम्बर ३१ भित्र विमानस्थल निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । “अहिलेसम्म २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ, अव २० दिन भित्र ८।५२ प्रतिशत काम हुनुपर्नेमा कुनै पनि प्रगति छैन,” मन्त्री देवले भने ।
चिनियाँ कम्पनीले कुनै पनि इक्युपमेन्ट ल्याएको छैन भने १ सय जना कामदारमात्रै निर्माणस्थलमा राखेको छ । सहमतिअनुसार २ सय कामदार परिचालन गर्नुपथ्र्यो । सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिरहेको राष्ट्रिय गौरवको यो आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यसलाई तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा हेरिएको छ । तर, यो आयोजनाको पनि समयमा काम सम्पन्न नहुँदा नेपाल आउने र जाने हवाई यात्रुले अझै सास्ती बेहर्नुपर्ने भएको छ ।

७ महिनादेखि काम ठप्प
विमानस्थल बिस्तारमा निर्माण सामग्री सप्लायर्सको जिम्मा पाएको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका कारण समस्या भएको चिनियाँ ठेकदारले आरोप लगाउँदै आएको छ । उक्त कम्पनी नेकपा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको हो ।
आयोजनाका लागि कबुल गरेबमोजिमको निर्माण समग्री खनालको कम्पनीले उपलब्ध नगराएपछि ७ महिना देखि काम अवरुद्ध भएको छ । “दुवै पक्षसँग मध्यस्थता गरेर समस्या समाधानको लागि पटकपटक छलफल पनि भएको थियो, तर प्रगति भएन,” नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने । सबकन्ट्र्याक्टरसँग चिनियाँ कम्पनीले आफैँ सम्झौता गरेकोले सो विषयमा आफूहरूलाई भने चासो विषय नभएको गौतमको भनाइ छ ।

विमानस्थलमा निर्माण तथा विस्तारका लागि चाहिने गिट्टी बालुवा तथा अन्य सामग्रीका लागि निर्भिकको कम्पनीले पैसा लगेको तर सामान नल्याइदिएको गुनासो चिनियाँ ठेकेदारले गरेका थिए ।
विमानस्थको स्तरोन्नतिपश्चात काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रूपमा प्रयोग गर्नसकिने प्राधिकरणको योजनामा छ ।

स्तरोन्नतिपश्चात गौतमबुद्ध विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्नसक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्