सुन तस्करीको बात लागेका सांसदलाई देउवाले मन्त्री बनाउदै



हाम्रो इकोनोमि

भदौ २६ गते सोमबार ११ बजे प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार विस्तार गरेर क्याबिनेटको आकारलाई फराकिलो पार्दैछन र क्याबिनेट ५४ सदस्यीय बन्ने भएको छ। राप्रपा प्रजातान्त्रिकका ४ सांसद मन्त्री हुने भएका छन।राज्य मन्त्री हुने चर्चामा रहेकी सयन्द्र वान्तवालाई विदेश बाट फर्कदा धेरै सुन ल्याएको र त्यो तस्करीको भएको हुन सक्ने शंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार उक्त सुन तस्करीकै भए पनि राजनीतिक दवाबमा उनलाई छोडिएको थियो।हो उनैलाई राज्य मन्त्री बनाउन देउवा माथी चर्को दबाब रहेको राप्रपा निकट श्रोतले बताएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। राप्रपा प्रजातान्त्रिकका चार जना नेतालाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकले प्रधानमन्त्री देउवालाई मन्त्रीका लागि चार जना नेताको नाम दिएको छ। नयाँ मन्त्रीहरुको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार राप्रपा प्रजातान्त्रिकका संसदीय दलका नेता दिपक बोहोराले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यस्तै, विक्रम पाण्डेले वन मन्त्रालय र सुनिल थापाले उद्योग मन्त्रीको जिम्मेवारी पाउने छन् भने रेशम लामा उद्योग राज्यमन्त्रीको बन्ने छन्।
राप्रपा प्रजातान्त्रिकले चार मन्त्री, चार राज्यमन्त्री र दुई सहायक मन्त्री बनाउनु पर्ने माग गरेपनि प्रधानमन्त्री देउवाले तीन मन्त्री र एक जना राज्यमन्त्री बनाउन सहमत भएका हन्।
तीन मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने प्रधानमन्त्री देउवाले तयारी गरेपनि शान्ति तथा पुनर्निर्माण मन्त्रालय भने आफैसँग राख्नेछन्।

सोमबार राप्रपा प्रजातान्त्रिकका चारजना नेतालाई समेटेर मन्त्रिपरिषद विस्तार गरेपछि प्रधानमन्त्री देउवा नेतृत्वको मन्त्रिमण्डल ५४ सदस्यीय बन्ने छ।
५४ सदस्यीय मन्त्रिमण्डल बनेपछि देउवाले २०५२ सालमा बनाएको ५२ सदस्यीय मन्त्रिमण्डलभन्दा जम्बो मन्त्रिमण्डल बन्ने छ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...