चश्मा लगाउनेको संख्या बढ्दै



हाम्रो इकोनोमि

पछिल्लो समयमा चश्मा लगाउनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । भक्तपुर जिल्लामा पनि चश्मा लगाउनेको संख्या बढिरहेको छ ।

अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस्या देखापरेको छ ।

पन्ध्रदेखि ६० वर्ष उमेर समूहमा विभिन्न खालका रोग देखिने गरेको केन्द्रका प्रमुख अधिकारी बताउनुहुन्छ । आँखाका बारेमा विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न सरोकारवालामार्फत चेतना फैलाउने कार्य भइआए पनि वातावरणीय प्रभावका कारण पनि आँखाको समस्या बढेको विज्ञहरु बताउँछन् ।

विगतमा फाट्टफुट्ट रुपमा देखिने आँखाका समस्या लिएर अहिले दिनमा ६० देखि ७० जना दैनिकजसो केन्द्रमा आउने गरेका छन् ।

धुलो धुवाँमा हिँडेर घर फर्केपछि आँखालाई पानीमा डुबाएर धुने, प्रशस्त पानी पिउने, जथाभावी औषधिको प्रयोग नगर्ने, कीरा आउने बत्तीको नजिक नबस्ने जस्ता कुरामा ध्यान दिनसके आँखाका रोगबाट बच्न सकिने अधिकारीको भनाइ छ । यही भदौ २७ र २८ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तपुर ब्रम्हायणी पिठमा निःशुल्क आँखा शिविर आयोजना गर्न लागिएको पनि उहाँले बताउनुभयो ।अधिकारीकाअनुसार सो शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीलाई त्यही नै निःशुल्क शल्यक्रिया गरिने गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...