पन्ध्र अर्बभन्दा बढीको सहयोग



एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ ।

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गर्नुभयो ।

यसैगरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गर्नुभयो ।

उक्त परियोजनाअन्तर्गत काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ ।

त्यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरणका निम्ति भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयन गर्न बैंकले रु दुई अर्ब १३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गर्नुभयो ।

उक्त रकम आगामी पाँच वर्षभित्रमा उपयोग गरिसकिने अर्थ मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुलमान घिसिङलाई मन्त्रिपरिषद्को ३ दिने स्पष्टीकरण

    सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण

कुलमान हटाउने अन्तिम कसरतमा मन्त्री खड्का

     ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका

मलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रीलाई छैन

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेर हैरानी

नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता: प्रसारण लाइन विस्तारले नयाँ गति लिने

    नेपाल र भारतबीच ऊर्जा आदान-प्रदानलाई थप प्रभावकारी बनाउन विभिन्न प्रसारण लाइन