सुजाताले भनिन्-देउवाले अति गरे,कोइराला परिवार एक ठाउँमा उभिएर पछार्छौ



हाम्रो इकोनोमि

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको बताएकी छन् ।
आइतबार विराटनगरमा पत्रकारहरुसँग नेत्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको आरोप लगाइन् । उनले अब कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई गोलबद्ध बनाएर अगाडि बढाउने दाबी पनि गरिन् । राजनीतिमा रहेका कोइराला परिवारका डा. शेखर, शशांक र सुजाताको एकता कसैविरुद्ध नभइ कांग्रेसलाई बलियो बनाउन रहेको दाबी पनि उनले गरिन् ।
नेत्री कोइरालाले २ नम्बर प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा देउवा पक्षले टिकट वितरणमा एकलौटी गरेको आरोप पनि लगाइन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...