माछा मार्ने क्रममा करेण्ट लागेर मृत्यु



हाम्रो इकोनोमि

लमजुडको मध्यनेपाल नगरपालिकामा करेण्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटे रहेका छन् । मिदिम खोलामा माछा मार्ने क्रममा उनकोे करेण्ट लागेर मृत्यु भएको हो ।

ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा छोइएपछि करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर भएका बोटेलाई उपचारका लागि पोखरा लादैगर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।

स्थायी घर तनहँु भई हाल मध्यनेपालको रामबजार बस्दै आएका बोटेको शव परीक्षणका लागि दमौली लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...