माछा मार्ने क्रममा करेण्ट लागेर मृत्यु



हाम्रो इकोनोमि

लमजुडको मध्यनेपाल नगरपालिकामा करेण्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटे रहेका छन् । मिदिम खोलामा माछा मार्ने क्रममा उनकोे करेण्ट लागेर मृत्यु भएको हो ।

ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा छोइएपछि करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर भएका बोटेलाई उपचारका लागि पोखरा लादैगर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।

स्थायी घर तनहँु भई हाल मध्यनेपालको रामबजार बस्दै आएका बोटेको शव परीक्षणका लागि दमौली लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...