कांग्रेसकै नेताले भने- कांग्रेस पैसा, पद, प्रतिष्ठा र सत्तामा लिप्त हुदा यसरी भयो सोत्तर



हाम्रो इकोनोमि

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली काँग्रेस पछाडि परेको बताउनुभएको छ ।
आज नेपाली काँग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले यहाँ आयोजना गरेको बिपी कोइरालाको १०४ आँै जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान राजनीतिक परिप्रेक्षमा बिपीको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।
नेता महतले स्थानीय निकायको पदाधिकारीले भत्ता, सेवा र सुविधामा मात्रै ध्यान दिने गरेको पाइएको बताउँदै विकास बजेटसमेत त्यसैमा सिद्धिने चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै काँग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता, कार्यकर्ता अगाडि बढ्नुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले पार्टीभित्रको अन्तर कलहलाई अन्त्य गरेर स्थानीय तहको समीक्षा गर्दै चुनावमा गए फेरि पनि काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बानियाँ, क्षेत्र नं १ का अध्यक्ष जीवन खत्री, क्षेत्र नं २ का अध्यक्ष नारायण खायमली, मध्यपुरथिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस मध्यपुर नगरसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतले आगामी मंसिरमा हुने प्रदेश र संसद्को निर्वाचनमा भक्तपुरमा काँग्रेस पहिलो पार्टी बनाउन आवश्यक रणनीति तय गरेर अगाडि जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
शिक्षकलाई राजनीतिक क्रियाकलापमा संलग्न नहुन मन्त्री पुनको चेतावनी

    शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत...

संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसले सुरु गर्‍यो हस्ताक्षर अभियान

    संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु...

सुकुम्बासी वस्तीमा डोजर ल्याए बालेनको घर भत्काउन जानुस् : दुर्गा प्रसाई

    मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा...

एकीकृत समाजवादी पुनर्गठन, भूसाल संयोजक

    एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको...