मन्त्रीको गाडीले ठककर दिदा २ जना घाइते



हाम्रो इकोनोमि

काठमाडौंको बानेश्वरमा मन्त्री सवार गाडीको ठक्करबाट २ जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाला गाडीले बानेश्वरमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
घाइते दुवै जनाको एभरेष्ट नर्सिङ होममा उपचार भइरहेको छ । लेन मिचेर तिव्र गतिमा आएको गाडीले बाइकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए ।
ठक्करपछि प्रत्यक्षदर्शीले रोक्न खोज्दा खोज्दै पनि मन्त्रीको गाडी भागेको थियो । बानेश्वरमा सुरक्षाका लागि बसेका प्रहरीले ठक्कर दिने गाडीलाई सुरक्षा दिएर भगाएको आरोप प्रत्यक्षदर्शीले लगाएका छन् । ठक्कर दिने बा १ झ ७१६३ नम्बरको गाडीमा मन्त्रीसमेत सवार थिए । तर को मन्त्री सवार थिए भन्ने खुल्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...