गुरुयोजना निर्माण गरी विकास गर्नुपर्छ :अध्यक्ष प्रचण्ड



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको एकीकृत शहरी विकास कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले राजधानी काठमाडौँमा झैँ संरचना बनाउने र भत्काउने नगरी एकसय वर्षभन्दा पछिसम्मको सोच राखेर गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्ने बताउनुभयो ।

संघीयता र संघको निर्वाचनसँगै संविधान पूर्णरुपमा कार्यान्वयन हुने भन्दै उहाँले अवको समय आर्थिक समृद्धिको भएको बताउनुभयो ।

दीर्घकालीन रणनीतिका साथ अघि बढ्न नसके राष्ट्रनिर्माण गर्न नसकिने भन्दै उहाँले राजनीतिक प्रतिशोधलाई थाँती राखेर विकास निर्माणमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “राजनीतिक आँखा अब विकासमा केन्द्रित हुनुपर्दछ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकालाई बहुआयामिक नगरको रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले तथ्यांक गत रुपमा गुरुयोजना निर्माण गर्न सुझाव दिनुभयो ।

विश्वका महत्वपूर्ण देशका प्रमुख महानगरसँग भगिनी सम्बन्धको विकास गरी महानगरलाई एकीकृत विकास गर्नुपर्ने पनि उहाँको जोड थियो ।

भरतपुर महानगरपालिकालाई चितवन महानगरको रुपमा विकास गर्नुपर्ने भन्दै उहाँले भरतपुर महानगरमा क्षेत्रीय विमानस्थल, शिक्षा र स्वास्थ्य केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । महानगरबाट नवलपरासी जोड्ने पुल निर्माण गर्ने र राप्ती एवं नारायणी दुई नदीको किनारै किनार चक्रपथ बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा सहरी विकास मन्त्री प्रभू शाहले भरतपुर महानगरलाई नमुना सहर बनाउनका लागि मन्त्रालयले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “स्मार्ट सिटी बनाउन डिपिआरका लागि ठेक्का भइसकेको छ ।”

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भरतपुर महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न अध्ययनका लागि बजेटसमेत निकासा भइसकेको बताउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं–३ का सांसद कृष्णभक्त पोख्रेल, सांसद सन्तु दराईलगायतले भरतपुर महानगरको विकास गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार