८८ किलो सुन काण्डमा मुछिएका आईजीपी अर्याललाई बर्खास्त गर्ने देउवा सरकारको यस्तो छ भित्री तयारी



सरकारले नेपाल प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको छ । उच्च राजनीतिक स्रोतले दिएको जानकारीअनुसार अर्याललाई तेस्रो चरणको स्थानिय तहको चुनाव सकिएलगत्तै पदबाट बर्खास्त गर्ने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यसबारेमा सहमती भइसकेको छ । अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने सरकारको तयारी छ । उनको ठाउमा हाल महानगरीय प्रहरी प्रमुख रहेका एआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने प्रधानमन्त्रीको तयारी छ । एआईजी चन्दले प्रदेश र केन्द्रको चुनावमा आफुले सत्तारुढ गठवन्धनलाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

यसअघि कांग्रेस नेता रमेश लेखकको मध्यस्थकर्तामा अर्यालले गत भदौमा पदबाट राजिनामा दिने र चन्दलाई महानिरीक्षक बनाउन बाटो खोल्ने सहमती भएपनि अर्यालले त्यसलाई पालना नगरेको भन्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा उनिसंग रुष्ट छन् । देउवा प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि चन्दले उनलाई भेटेर पटक–पटक सहमती कार्यान्वयन गर्न आग्रह गरेपनि अर्यालले भने उल्टै चन्दको छानविन गर्न समिती बनाएपछि उनिहरुबीच सुमधुर सम्बन्ध छैन् ।

लागु औषध ब्युरोको प्रमुख हुदा चन्द स्युडों प्रकरणमा मुछिएका थिए । महानगरीय प्रहरी प्रमुख रानिपोखरीमा सरुवा हुन लाग्दा समेत अर्यालले उनको ठाउमा एआईजी बमबहादुर भण्डारीलाई पठाउन लविङ गरेका थिए । पछिल्लो समय प्रहरीको सरुवा–बढुवामा भनेजस्तो सहयोग नगरेको भन्दै अर्यालसंग प्रधानमन्त्री देउवा,माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री जनार्दन शर्मा असन्तुष्ट छन् । अर्यालले सरुवा–बढुवामा आफु निकटका प्रहरी अधिकारीलाई मात्र अवसर दिएको र राजनीतिक नेतृत्वले सिफारीस गरेकाहरुलाई अवसर नदिएको आरोप छ ।

नेपाल प्रहरीमा केही समय अघि भएको डिएसपी सरुवामा समेत देउवाले सिफारीस गरेका नाम नपरेको भन्दै उनका स्वकिय सचिव भानु देउवाले महानिरीक्षक अर्याललाई असन्तुष्टि पोखेर उनलाई हटाउन सक्ने चेतावनीसम्म दिएको आईजिपी निकट स्रोतले जानकारी दियो । गृहमन्त्री जनार्दन शर्माले समेत प्रहरी महानिरीक्षक अर्यालले आफुलाई सहयोग नगरेको गुनासो पार्टी अध्यक्ष प्रचण्डलाई गरेका छन् ।

अर्याल र डिआईजी नवराज सिलवालको मुद्दाको अन्तिम फैसला अर्को साता गर्ने अदालतको तयारी छ । अदालतको फैसला आएपछि निर्णय गर्न झन् सहज हुने बुझाई प्रधानमन्त्री देउवाको रहेको उनि निकट स्रोतले दाबी गर्यो ।

यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा अर्याललाई प्रहरी महानिरीक्षक बनाइएको थियो । वरियतामा एक नम्बरमा रहेका डिआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सर्वोच्च अदालतले आदेश दिएपनि सरकारले दुई नम्बरमा रहेका डिआईजी प्रकाश अर्याललाई आईजिपी बनाउने निर्णय गरेको काठमाडौँ पाटीले जनाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा हाल एआईजी रहेका जयबहादुर चन्दलाई सरकारले आईजिपी बनाउने निर्णय गरेपनि उनको बढुवा सर्बोच्चले बदर गरेपछि सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा अर्याललाई नियुक्त गरेको थियो ।

चन्दलाई आईजिपी बनाउन भन्दै उनि निकट व्यवसायीहरु सक्रिय भएका छन् । स्रोतकाअनुसार अर्याललाई सल्लाहकार बनाएर चन्दलाई आईजिपी बनाउनुपर्ने लविङमा प्रधानमन्त्री पत्नी आरजू देउवा समेत लागेकी छन् । वरियतामा दुई नम्वरमा रहेका एआईजी चन्दले आफु निकटस्थहरुलाई मधेषको चुनावपछी आफु नै प्रहरी महानिरीक्षक हुने दाबी गरेका छन् । उनले त्यसपछि आफ्ना विरोधीहरुलाई तह लगाउने चेतावनी पनि आफु निकस्टथहरुलाई दिएको उच्च स्रोतले दावी गर्यो ।

पुर्व अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले भने यसबारेमा आफुलाई जानकारी नभएको बताए । पुनले भने ‘यस्तो सम्भव होला र ? खै मलाई यसबारेमा केही जानकारी भएन’ । वरियतामा एक नम्वर एआईजीमा बमवहादुर भण्डारी भएपनि चन्दलाई नै आईजिपी बनाउने सरकारको तयारी रहेको चर्चा प्रहरी मुख्यालयमा समेत छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय