सर्वोच्च बारले प्रम राहत कोषमा रकम सहयोग



हाम्रो इकोनोमि

सर्वोच्च अदालत बार एशोसिएसनले बाढी पहिरो पीडितको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा रु दुई लाख ३५ हजार ७२५ प्रदान गरेको छ ।

सर्वोच्च बारका अध्यक्ष शैलेन्द्रकुमार दाहालको नेतृत्वमा आज बालुवाटारमा पुगी सो रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको सर्वोच्च बारका सचिव विष्णु लुइँटेलले जानकारी दिनुभयो ।

सर्वोच्च बारका पदाधिकारीसहित सदस्यबाट संकलन गरिएको उक्त रकम राहत कोषमा हस्तान्तरण गरेको हो ।

सचिव लुइँटेलले एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने सोचका साथ सर्वोच्च बारका सदस्यबीच पैसा संकलन गरी राहत कोषमा पैसा बुझाएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...