परामर्श व्यवसायमा द नेक्स्टको फड्को, तेस्रो शाखा पोखरामा



हाम्रो इकोनोमि

शैक्षिक परामर्श क्षेत्रमा अग्रणी स्थानमा रहेको द नेक्स्ट एजुकेशन कन्सलटेन्सीले पोखराकोमा नयाँ शाखा स्थापना गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा कार्यालय विस्ता गरिसकेको छ ।

द नेक्स्टले पोखरामा तेस्रो शाखा स्थापना गरेको कम्पनीका कार्यकारी प्रमुख शालिकराम भण्डारीले बताए । उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, न्यूजिल्याण्डलगायका देशहरुमा पठाउँदै आएको द नेक्स्टले पश्चिम क्षेत्रका विद्यार्थीहरुको सहजताका लागि पोखरामा शाखा कार्यालय स्थापना गरेको जनाएको छ ।

विगत १४ वर्षदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरिरहेको नेक्स्टले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई सेवा प्रदान गर्न सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ ।

पोखरामा पनि गुणस्तरिय सेवा प्रदान गर्न तथा कन्सलटेन्सी सेवा लिनका लागि विद्यार्थीहरु काठमाडौंसम्म आउनु पर्ने झण्झटाबाट मुक्त गराउन पोखरामा शाखा स्थापना गरिएको द नेक्स्ट कन्सलटेन्सीका कार्यकारी प्रमुख भण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...