परामर्श व्यवसायमा द नेक्स्टको फड्को, तेस्रो शाखा पोखरामा



शैक्षिक परामर्श क्षेत्रमा अग्रणी स्थानमा रहेको द नेक्स्ट एजुकेशन कन्सलटेन्सीले पोखराकोमा नयाँ शाखा स्थापना गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा कार्यालय विस्ता गरिसकेको छ ।

द नेक्स्टले पोखरामा तेस्रो शाखा स्थापना गरेको कम्पनीका कार्यकारी प्रमुख शालिकराम भण्डारीले बताए । उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, न्यूजिल्याण्डलगायका देशहरुमा पठाउँदै आएको द नेक्स्टले पश्चिम क्षेत्रका विद्यार्थीहरुको सहजताका लागि पोखरामा शाखा कार्यालय स्थापना गरेको जनाएको छ ।

विगत १४ वर्षदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरिरहेको नेक्स्टले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई सेवा प्रदान गर्न सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ ।

पोखरामा पनि गुणस्तरिय सेवा प्रदान गर्न तथा कन्सलटेन्सी सेवा लिनका लागि विद्यार्थीहरु काठमाडौंसम्म आउनु पर्ने झण्झटाबाट मुक्त गराउन पोखरामा शाखा स्थापना गरिएको द नेक्स्ट कन्सलटेन्सीका कार्यकारी प्रमुख भण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट बर्खास्त

    राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ

एसईईमा कुन विषयमा कति विद्यार्थी ‘फेल’ ?

    राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले  बिहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा