उड्ने देखी गुड्ने सम्मका चुनाब चिन्ह,हेर्नुहोस निर्वाचनका लागि ९५ दललाई कुन चुनाव चिन्ह ?



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ९१ दललाई चुनाव चिन्ह वितरण गरेको छ। आयोगको बिहीबारको निर्णयअनुसार दललाई चुनाव चिन्ह वितरण गरेको हो।

आयोगको निर्णयअनुसार पशुपति शमशेर राणा नेतृत्वको नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले गोलाकारभित्रको हलो चुनाव चिन्ह पाएको छ। यस्तै, डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले आयतकारभित्रको हलो चिन्ह पाएको छ।

६ वटा मधेस केन्द्रित दल मिलेर एकीकृत भएको राष्ट्रिय जनता पार्टीले छाता चुनाव चिन्ह पाएको छ।

नौँ वटा राजनीतिक दलले संयुक्त चिन्ह पाएका छन्। नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडालाई तीनवटा पार्टी चुनाव चिन्ह बनाएका छन्। माओवादी केन्द्र सहित उक्त चिन्हमा प्रेमबहादुर सिंहको समाजवादी जनता दल र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले चुनाव लड्ने भएका छन्। नेकपा मालेको चुनाव चिन्हमा जनसमाजवादी पार्टी पनि संयुक्त रुपमा चुनावमा जाने गरी आयोगले चिन्ह वितरण गरेको छ।

चुनाब चिन्ह हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...