चुनाबको मुखैमा माधब नेपालले यसरी गरे विमलेन्द्र निधिमाथि आक्रमण



हाम्रो इकोनोमि

नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले उनको उत्तर कोरिया भ्रमणलाई लिएर भएको आलोचनाबारे मुख खोलेका छन् । उनले परराष्ट्र मन्त्रालयले आफूलाई भ्रमणमा नजान नभनेको बताएका हुन् ।
‘मलाई परराष्ट्र मन्त्रालयले उत्तर कोरिया नजानु भनेको थिएन । मलाई दक्षिण कोरियाले चासो देखाएको छ मात्र भनेको थियो,’ अनेरास्ववियुले आयोजना गरेको एक गोष्ठीमा नेता नेपालले भने, ‘हामी कोरियाली प्रायद्वीपमा शान्ति चाहन्छौँ। त्यसैले म शान्तिको सन्देश लिएर उत्तर कोरिया गएको हो ।’

‘मेरो उत्तरकोरिया भ्रमणलाई लिएर यहाँ ठूलो चर्चा भयो । मेरो भ्रमणलाई लिएर विमलेन्द्र निधिजी ले खुब विरोध गर्नुभयो । जानु हुँदैनथ्यो भन्नुभयो,’ नेता नेपाले भने, ‘उहाँले कुन हैसियतले त्यसो भन्नुभयो ? मन्त्री भइसकेको मान्छे कुटनैतिक ज्ञान नभएजस्तो लाग्यो ।’

‘के उत्तर कोरिया हाम्रो शत्रु राष्ट्र हो ?’ नेता नेपालले प्रश्न गरे। उनले कुटनैतिक सम्बन्ध गाँसिएको देशमा आफू भ्रमणमा गएको स्पष्ट पारे ।

त्यस्तै उनले राजा महेन्द्रले नेपालको स्वाभिमान जोगाएका कारण उनलाई गाली गर्न नहुने बताएका छन् । नेपालले स्वाभिमानको कुरा गर्दा महेन्द्रीय राष्ट्रवाद भनिनु दुखद् भएको बताए ।

‘अहिले राष्ट्रिय स्वाभिमानको कुरा गर्दा महेन्द्रीय राष्ट्रवाद भन्ने गरिन्छ । त्यो गलत कुरा हो,’ नेता नेपालले भने, ‘राजा महेन्द्रले हाम्रो स्वाभिमान जोगाएका हुन् । राजा भन्नेबित्तिकै गाली गर्नुपर्छ भन्ने छैन ।’

गोष्ठीमा उनले भारतको चाकरी नगरेसम्म सत्तामा पुग्न सक्दैनौँ भन्ने मानसिकता नेपाली नेताहरुमा रहेको भन्दै आलोचना गरे ।

उनले विदेशनीतिमा शब्दहरुको ठूलो अर्थ रहने बताउँदै ‘समदूरी’ को सट्टामा ‘समनिकटता’ शब्द प्रयोग गरिनुपर्ने बताए । वरिष्ठ नेता नेपालले माओवादी र अन्य दलबीच भएको १२ बुँदे सम्झौताम भारतको कुनै हात नरहेको दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...