रुन्चे सचिबले देखाए अवकाश पछी पनि असली रुप, सरकारी गाडी चढाउँदै नियुक्ति खान यस्तो छ दौडधूप



काठमाडौं । मन्त्रीले पदबाट बिदा भएपछि गाडी नबुझाएको समाचार त आउने गरेको थियो तर सचिवले नै नबुझाएको कुरा सुनिदैनथ्यो । तर सामाजिक संजालमा नेतालाई गाली गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट भदौ १२ गते अवकाश पाएका भीम उपाध्यायले एक हप्तासम्म पनि आफूले प्रयोग गर्दै आएको गाडी नबुझाएका कारण नयाँ आएका सचिव कृष्णराज बीसीलाई सवारी साधन ब्यवस्थापन गर्न मन्त्रालयलाई निकै मुस्किल परेको छ । पुराना सचिवले गाडी नबुझाएपछि नयाँ सचिवलाई अन्यत्रबाट गाडी मगाउने बाध्यता मन्त्रालयका सहसचिवहरुलाई परेको थियो । अवकाश भएर जाने सचिव उपाध्यायले आफ्नो पहुँच माओवादीका अध्यक्ष प्रचण्डसँग सोझै भएको देखाउँदै मातहतका कर्मचारीलाई थर्काएर राखेका कारण उनीसँग गाडी बुझाउनुस् भन्न समेत मन्त्रालयका कर्मचारीले सकेका छैनन् ।

अवकाश पाएका सचिव उपाध्यायले नियुक्ति खानका लागि खानेपानी मन्त्रालय अन्तर्गतका खानेपानी तथा ढल निकास विभाग, आयोजना कार्यान्वयन इकाई, मेलम्ची खानेपानी आयोजना लगायत कार्यालयका गाडीहरु तान्दै शक्तिकेन्द्रहरुलाई चढाउने गरेका छन् । मेलम्ची खानेपानीको विभिन्न आयोजनाका गाडी मन्त्री महेन्द्र यादवदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालसम्मलाई गाडी दिएका छन् । मन्त्री यादवलाई आफैले सचिव हुँदा प्रयोग गरेको स्कोर्पियो दिएका छन् । चुनावमा कार्यकर्ताका लागि चाहिन्छ हजुरलाई भन्दै प्रचण्डपुत्र प्रकाशलाई मेलम्चीको गाडी मागेर दिएका छन् । उनले वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नियुक्ति हुनका लागि शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई समेत सहरी विकास मन्त्रालय अन्तर्गतको प्राडो मागेर चढाएका छन् । प्रचण्डलाई प्रभावमा पारेर उनी बागमतीमा नियुक्ति हुने कसरतमा लागेका छन् । उनलाई नियुक्ति गर्न माओवादी अध्यक्ष प्रचण्डले मन्त्री साहलाई सिफारिस गरिसकेको स्रोतले बताएको छ । तर साहले बागमतीमा अध्यक्ष नियुक्तिका लागि अर्कैलाई बचन दिएको बताइन्छ । जीवनभर माओवादीमा बिताएका रामलाल तुलाधरलाई नियुक्ति गर्न समेत साहले कमिसन मागेपछि उनी घुस बुझाएर नियुक्ति खान्न भन्दै अमेरिकातिर लागेका छन् । तर प्रचण्डको पावर भिडाएर एक पैसा खर्च नगरी नियुक्ति हुने दाउमा फेसबुके सचिवको संज्ञा पाएका उपाध्याय लागेका छन् । उपाध्याय सामाजिक संजालमा भ्रष्टाचारको विरोध गर्ने तर कमिसन पाएसम्म जति पनि खाने तर खर्च नगर्ने भनेर डोलिडारमै कहलिएका हुन् ।

 

फेसबुक र ट्वीटरमा नेतालाई गाली गलौज गर्ने पूर्वसचिव उपाध्याय सहरी विकास मन्त्रालय अन्तर्गतको एकीकृत बागमतीमा नियुक्तिका लागि मन्त्री प्रभु साहलाई समेत रिझाउन अहिले रौतहट पुगेका छन् । उनले मन्त्री साहलाई रौतहटमै पुगेर चुनावका लागि प्रचारमा गाडी दिएका छन् । माओवादी अध्यक्ष प्रचण्ड पनि चुनावका सिलसिलामा रौतहट र सर्लाहीमा ब्यस्त भएकाले उपाध्याय नियुक्तिका लागि चाकरी गर्न उतै पुगेका छन् । उपाध्यायले राजनीतिक नियुक्तिकै लागि अवकाश अघि काठमाडौं खानेपानी उपत्यका लिमिटेडका महाप्रबन्धकविरुद्ध फेसबुकमा अन्टसन्ट लेखी चर्चामा आउने काम गरेका थिए । अवकाशको दिनमा उनले खानेपानी मन्त्रीसमक्ष रोएर अर्को नौटंकी प्रदर्शन गरेका थिए ।
मन्त्रिपरिषद्मा उनको नियुक्तिको कुरा उठ्दा विरोध नगरिदिऊन् भनेर उनले मन्त्री यादव र गोपालमानलाई गाडी उपहार दिएको खानेपानी मन्त्रालयका एक इन्जीनीयरले नाम नबताउने सर्तमा बताएका छन् ।

उपाध्यायले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग(डोलिडार)मा उपसचिव हु“दा खटाएको ठाउ“मा समेत नगई मातहतका कर्मचारीलाई आफ्नो कीर्ते सही गराएर काठमाडौं बसीबसी तलव भत्ता खाएका थिए । उपाध्यायले विगतमा आफू कार्यालय प्रमुख हु“दा प्रशासनिक मर्यादा उल्लंघन गरेको पुष्टी क्षेत्रीय प्रशासन कार्यालयले नै गरेको थियो । उनी निजामती सेवा ऐन विपरीत खटाएको कार्यालयमा नगएको तथ्य फेलापरेको छ । ९० दिनसम्म पनि खटाएको कार्यालयमा हाजिर नभए जागिरबाटै बर्खास्त गर्ने निजामती सेवा ऐनको प्रावधान छ । तर उनी ९० दिन होइन, तीन बर्ष नै खटाएको कार्यालयमा गएनन् । सचिव उपाध्याय ९० दिन होइन, १८० दिनसम्म पनि खटाएको कार्यालयमा नगई कार्यरत कार्यालयको कार्यकक्षको ताला नखोली बरबुझारथ नगरेका अनुशासनहीन कर्मचारीका रुपमा डोलिडारमा चिनिन्छन् ।

सचिव उपाध्यायले २०६० मा कास्कीमा सरुवा भएपछि देखाएको दोहोरो चरित्रबारे तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव खेमराज नेपालदेखि लोकसेवा आयोगका हालका अध्यक्ष उमेश मैनालीसमेत जानकार छन् । विगतमा विभागले खटाएको ठाउ“मा नजाने, ६ महिनासम्म रमाना नबुझ्ने, बुझबुझारथ नगरी महिनौं सम्पर्कविहीन हुने र कार्यालयको गाडीसमेत नबुझाएर निजामती सेवा ऐन अनुसार बर्खास्तै हुने क्रियाकलाप गरेका थिए । २०६० मा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली पश्चिमान्चलको क्षेत्रीय प्रशासक हु“दा सचिव उपाध्याय उपसचिव (सीडीई) थिए । उनलाई डोलिडारले कास्कीको जिल्ला प्राविधिक कार्यालयको प्रमुखमा सरुवा गरेको थियो । तर उनी सरुवा गरेको ठाउ“मा गएनन् । अरु सबै खटाएको ठाउ“मा रमाना बुझेर गए । तर उनले महिनौंसम्म पनि उनले रमाना बुझेनन् । ३० दिन पनि कार्यालयमा नबसेका उनले त्यही कार्यालयमा ३ बर्ष काम गरेको नम्बरका आधारमा सहसचिव बढुवा भएका थिए । भीम उपाध्याय तिनै सचिब हुन् जो अनिवार्य अवकाश पछी बिदाइका क्रममा धरधरी रोएका थिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्