राजपाले भन्यो माओबादी हत्याराको जत्था,अरु कुन-कुन पार्टीलाई के-के लगायो आरोप



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।उसले माओवादी केन्द्रले लोकतान्त्रिक प्रणालीमाथि विश्वास नगर्ने र शक्तिको बलमा सत्ता कब्जा गर्ने नीति लिएको भन्दै तिव्र असन्तुष्टि पोखेको छ । उसले जारी घोषणापत्रमा भनेको छ, ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनानले माओवादीको मूल चरित्र संघीयता विरोधी हो ।’

बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका छन् ।
मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अराजकता मुख्यरुपमा माओवादीकै कारण भएको उसको आरोप छ । रमेश महतोका साथै ५२ जनाको मधेसीको हत्यामा माओवादी कैन्द्र नै मुख्य जिम्मेवार भएको समेत राजपा नेपालको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण पनि समावेश छ । उसले एमालेप्रति टिप्पणी गर्दै भनेको छ,‘एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेशप्रति अनुदार पार्टी हो, यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गहरुको वर्चस्व भेटिन्छ, जो प्रखर मधेश विरोधी पनि छन्।’ तर राजपाका नेता कार्यकर्ता भने धमाधम एमालेमा प्रवेश गरिरहेका छन। कांग्रेस प्रति पनि राजपाले आक्षेप लगाएको छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...