राजपाले भन्यो माओबादी हत्याराको जत्था,अरु कुन-कुन पार्टीलाई के-के लगायो आरोप



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।उसले माओवादी केन्द्रले लोकतान्त्रिक प्रणालीमाथि विश्वास नगर्ने र शक्तिको बलमा सत्ता कब्जा गर्ने नीति लिएको भन्दै तिव्र असन्तुष्टि पोखेको छ । उसले जारी घोषणापत्रमा भनेको छ, ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनानले माओवादीको मूल चरित्र संघीयता विरोधी हो ।’

बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका छन् ।
मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अराजकता मुख्यरुपमा माओवादीकै कारण भएको उसको आरोप छ । रमेश महतोका साथै ५२ जनाको मधेसीको हत्यामा माओवादी कैन्द्र नै मुख्य जिम्मेवार भएको समेत राजपा नेपालको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण पनि समावेश छ । उसले एमालेप्रति टिप्पणी गर्दै भनेको छ,‘एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेशप्रति अनुदार पार्टी हो, यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गहरुको वर्चस्व भेटिन्छ, जो प्रखर मधेश विरोधी पनि छन्।’ तर राजपाका नेता कार्यकर्ता भने धमाधम एमालेमा प्रवेश गरिरहेका छन। कांग्रेस प्रति पनि राजपाले आक्षेप लगाएको छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...