एमालेले १३६ मध्ये ७० वटा स्थानीय तहमा जित्छ : भट्टराई



हाम्रो इकोनोमि

नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं। प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।

नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार–प्रसार भेला शुभारम्भ गर्दै उहाँले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स्थानीय तहमा विजयी भइ पहिलो पार्टी बन्ने बताउनुभएको हो ।

बिहानीको वातावरणले दिउँसोको संकेत गरेजस्तै एमालेलाई अन्य प्रदेशमाझै २ नं प्रदेशमा पनि त्यस्तै सफलता मिल्ने जिकिर गर्दै उहाँले यहाँ थुप्रै षडयन्त्र भए पनि एमाले अझ सशक्त हुँदै आएको उल्लेख गर्नुभयो । हुलाकी राजमार्गको निर्माण, पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि बजेट विनियोजन, जनता आवास, वृद्धवृद्धा भत्ता लगायतका जनप्रिय कार्य एमालेले नै गरेका कारण जनतामा जतिसुकै एमालेविरुद्ध भ्रम छरे पनि त्यो असफल हुँदै गएको टिप्पणीसमेत गर्नुभयो ।

हिजोसम्म एमालेलाई गाली गर्नेहरु आज आफैँ एमालेमा फर्किन थालेको बताउनुहुँदै आफ्नो पार्टीविरुद्ध फैलाइएको भ्रमलाई चिर्ने र पार्टीलाई २ नं प्रदेशमा बलियो बनाउने गरी आक्रमक प्रचारमा जुट्न पनि आग्रह गर्नुभयो ।

एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाको अध्यक्षतामा आयोजित भेलामा सोहीदलका केन्द्रीय सदस्य लीला श्रेष्ठ, सांसद ममता गिरी, पार्टीका जिल्ला अध्यक्ष प्रमोद यादव, सोही दलका लहान नगरपालिकाका प्रमुख उम्मेदवार मुनी साह तथा उपप्रमुख सिरयार चौधरी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...